गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता

0
714
काठमाडौँ, २७ मंसिर ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बो(Zhang Hongbo)बीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो ।
गृहमन्त्री थापाले नेपाल र चिनको तिब्बतबिच परापूर्वकाल देखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो ।
उहाँले तिब्बतसँगको नाकामा अध्यागमन कार्यालय विस्तार तथा स्तरोन्नतीका कामलाई नेपालले प्राथमिकतामा राखेर काम गरीरहेको भन्दै सिमा व्यवस्थापनका विषयमा तिब्बतसँग सहकार्य गर्न आफुहरु ईच्छुक रहेको बताउनुभयो ।
भेटमा गृहमन्त्री थापालेनेपाल एक चिन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चिन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेटमा महानिर्देशक होङ्बोले नेपालमा चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताउनुभयो ।
उहाँले नेपालका कानुन कार्यान्वयन गर्ने निकाय र तिब्बतका कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here