नेपाली भाषी भूटानी युवा उपन्यासकार रमेश दियालीलाई मातृभाषा संरक्षण समूह साथै साहित्य परिषद भूटानले सम्मान गर्ने भएको छ ।
यही जनवारी ६ तारिकका दिन दियालीद्धारा लेखित उपन्यास छाप्रो नं ५५को समिक्षा पनि गरिने भएको आयोजक समूहका संयोजक धमेन्द्ध तिम्सिनाले जानकारी दिनु भो ।
तिम्सिनाका अनुसार उक्त कार्यक्रममा सृजना बाचनका साथै सृजनात्मक भेटवार्ता हुने छ । युवा उपन्यासकार दियालीले खुशी ब्यक्त गर्दै “धेरै खुसि छु म । पैसाले मेरो खुसि किन्न खोजे भने , पुरै दुनिया बेच्दा नि कम हुन्छ । खुसि ठूलो प्रप्तिबाट मात्रा पाईन्दैन, खुसि त स साना कुराहरूमा पनि लुकेर बसेको हुन्छ। मेरो कामलाई माया गरेर मातूभाषा संरक्षण र साहित्य परिषद भूटानले माया गरेर सम्मान साधै छाप्रो न .५५ को समीक्षा गर्न लागेकोमा । घन्यवादका साथै नमन गर्न चाहन्छु सम्पूर्ण सुन्दर मनहरूलाई भनेका छन् ।”
स्रष्टा प्रतिमान शिवा
स्रष्टा प्रतिमान शिवाले छाप्रा नं ५५को समिक्षा गर्नुहुने भएको छ । कार्यक्रम ओहायोको कोलोम्बस् अन्तर्गत वैदिक सेवा समाज 3680 Westerville Rd Columbus Ohio 43229 मा हुने भएको छ ।
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...
ललितपुर, असार १७ “परमेश्वरको सौन्दर्यलाई समेट्दै” भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको दुईदिने राष्ट्रिय ख्रीष्टियन मिडिया कार्यशाला मंगलबार ललितपुरको गोदावरीस्थित भ्यु भृकुटी होटलमा...