जिन्दगी घडीको सुईजस्तै फनफनी घुमिरहेको थियो– एउटै परिवेशमा, एउटै लयमा । मलाई आफ्नो जिन्दगी अत्यन्त बोझिल लाग्न थालीसकेको थियो । म अब नितान्त एक्ली भएकी थिए । उषाको मिरमिरे आभामा चादनी बाट छल्केका रस ति सुनसान सडकमा मन्त्रमुग्ध बासनाको तीखा काँडा बोकेर पोखिएका थिए । पोखिँदै थिएँ म पनि । बग्दै थिएँ सुस्त सुस्त आँसुको भेल संगै ।
आकाश छुने रहर बोकी माथि माथि उडेका मेरा सपनाहरु समयको आवेग सँगै फुटेर गए , एका एक । पिरतीका सवेंगहरुले च्यातिएका ती दुखका दिनहरुमा म हराएकी थिए भिडमा । शिविरका प्रत्येक छाप्रा भित्र बत्ती बलेका थिएनन् । अहँ ! पटक्कै बलेका थिएनन् । सुनसान रातलाई चिर्दै तिखा काडाको ब्याथालाई आफै भित्र दबाएर उजाडिएको म र मेरो वर्तमान …………।
छाप्रा न. ५५
रमेश दियाली
दुलही घर ।
(मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको उपन्यास छाप्रो नं. ५५ को अंश)
म सिँगारिएकी थिएँ । घर पनि चिटिक्क सिँगारिएको थियो । वरिपरि साथीसँगी र छिमेकका मान्छेहरूले घेरेका थिए ।
‘जन्ती आइपुगे…,’ बाहिरबाट आएको कसैको अवाज सुनें । घरकै मुनितिर, डिलको छेउमा केराको खम्बाको गेट बनाइएको थियो । छेउ–छेउमा तामाको गाग्रीमा फूल हाली कलश बनाएर सजाइएको रहेछ ।
सबैजना त्यही गेटमा झुम्मिन गए । रातो कपडामा सेता अक्षरमा ‘शुभ विवाह’ लेखिएको थियो । म त अचम्मित थिएँ । मेरो विवाहमा बाउले कति दुःख गरेछन् । कसले बनायो होला त्यो तुल ? कसलाई सिँगार्न भने होलान् त्यो गेट ? मनमनै भनें– ‘मेरा बाउ साँच्चै देवता हुन् ।’
स–साना केटाकेटीहरू खुब मज्जाले उफ्रिरहेका छन् गेट वरिपरि । आवाज सुनेरै पनि बाहिरको सबै गतिविधि थाहा हुन्छ ।
नरसिङ्गा र दमाहा बाजाको तीखो आवाज कानसम्मै आएर रोकियो । त्यो अवाजले म थरर्र काँपेछु ।
‘के भो तँलाई ?’ सँगैको कोही बोल्यो ।
‘क्यै भको छैन’ भन्दै टारिदिएँ । बाजाको आवाजसँगै मेरो मुटु भने जोडजोडले थर्किरहेथ्यो । डर थियो मनमा । किन डर लागेको आफैंलाई थाहा थिएन । कताकता सपनाजस्तो लागिरहेको थियो ।
म झस्कें, बाहिरबाट आएको आवाजले । बाहिर कोही बोलेको थियो– ‘बेहुलीलाई बाहिर ल्याउनुप¥यो ।’
बिस्तारै मलाई डो¥याउँदै बाहिर निकाले । अनुहारबाट खुन चुहिएलाझैं भयो । पानीपानी भएँ म, लाजले ।
मगर्नी काकीले सिकाएकी थिइन्– ‘बेहुली भएको बेलामा बिस्तारै हिँड्नू, घुम्टोले मुख छोप्नू । कसैको मुखमा सीधा नहेर्नू ।’ कुन्नि केके सिकाएकी थिइन् । अरू त बिर्सेंछु । उनी मेरी आफ्नै काकी नभए पनि उनी मलाई आफ्नै छोरीझैं माया गर्छिन् । औधि माया गर्छिन् । मगर्नी भए पनि मनको सारै सफा छिन् । मगर काका चैं अलिक रक्सी पिउँछन् । मेरो बाउलाई आफ्नै परिवार सम्झन्छन् । काकीले सारै ठूलो उपकार गरेकी छन् । काकीले सिकाए पनि मनले मानेन । छड्के आँखाले यताउति हेर्न मन लाग्यो । आइमाईहरू एक–आपसमा कानेखुसी गर्दै थिए । कोही चुपचाप हेरिरहेथे । कुरा गर्नेहरूले मेरै कुरा गर्दै होलान् जस्तो लाग्यो ।
बाउ सेतो फेटा टाउकोमा बाँधेर हात जोड्दै घरी ओल्लो छेउ, घरी पल्लो छेउ गर्दै थिए ।
मलाई माला समाउन दिएपछि पुरोहित बोले– ‘अब बेहुलीले बेहुलालाई माला लगाइदिनुप¥यो ।’
पुरोहित हतारहतारमा थोत्रो किताबको मन्त्र भट्याइरहेका थिए । बेहुलालाई माला लगाइदिने भन्ने सुन्दा मन च्वास्स भयो । हातमा लिएको माला एक गाग्री पानी उचालेझैं गह्रौं लाग्यो । थरर्र काँपे हात । अब मेरो सम्पूर्ण जीवन समाप्त भएझैं लाग्यो । भाउन्न रिँगटा लागेर आयो । बेहुलाको अनुहारतिर हेर्न नै सकिनँ, जेनतेन मैले उसको घाँटीमा माला छिराएँ ।
हिजो बेलुकादेखि खाना खाएकी थिइनँ । बेलुका मन मरेर अनि बिहानदेखि केही खान नदिएर खाइनँ ।
काकीले हात समातेर भित्र लगिन् । खाटमा पल्टें । सास रोकिएलाझैं भयो । चिसो पानी मागेर घटघट… पिएँ । एक हूल केटीहरू ह्वारह्वार्ती कोठामा छिरे । कसैले हातमा चुरा लगाउन थाले, कसैले मेहन्दी । कसैले अनुहार सिँगार्न थाले । म अब पूरै बेहुुली भएँ ।
फेरि मलाई बाहिर ल्याएर विवाहमण्डपमा बसाइयो । कसैले श्लोक भन्न सुरm गरेछन् । आइमाईहरू भट्याउँदै थिए:
बारीको छेउछेउ बसिहाले कोइली, सासूले भात दिन्थिन् पिपलपाते चोइली… !
कपाल कोरीबाटी कपालभरि लिसो, बजैले तिउन दिन्थिन् डाडु मात्रै चिसो… !
आँगनको अर्को छेउमा बाजाको तालसँगै नाच्नेहरूको पनि कमी थिएन । उफ्रीउफ्री नाच्दै थिए केटाहरू ।
मण्डपमा हामी लगनगाँठोमा कसिँदै थियौं । लगनगाँठो कस्दा जनैसुपारी भुइँमा खस्यो । सबैले अशुभ भएको महसुस गरे तर बोली कसैको आएन ।
म अकमक्क भएँ । मण्डपमा तीन फन्को घुमेपछि थाहा भयो, सिन्दूर हाल्ने बेला भएछ । म सिउँदो छुट्याउन पनि जान्दिनथें ।
सिन्दूर हाल्ने बेला पुरोहित भन्दै थिए– ‘माइतीले हेर्नुहुँदैन ।’ बेहुलाले मेरो सिउँदो भरिदिए । अरूहरूले रmमाल खोजेर सिन्दूर छोपिदिए ।
कन्यादान गर्दै गर्दा कालसिङ्गे बाको श्लोकले मन नै थामिएन– भित्रदेखि छमछम बलेसीमा आऊ न…., फुको केश भोको पेट कन्यादान देऊ न… !
मेरो विवाह हिन्दू रीतिरिवाज र परम्परा अनुसारै हुँदै थियो । मलाई लाग्यो, अब म बाउकी छोरी रहिनँ । म रोएँ । छड्के परेर बाउलाई हेरें, उनका आँखा पनि रसाएका थिए । श्लोकहरू गुन्जिरहेकै थिए–
‘बिहानै र बेलुका जलुकाको तिउन, मेरा माइती दुःखी थिए केको दाइजो दिऊन्… !’
‘गाईबस्तु वनमा झसङ्ग मनमा, जसको लहना तेसैको गहना सिन्दूर प¥यो माथमा ।’
‘गाई चर्न गए मथुरा वनमा, केके हुन्छ थाहा छैन मनमा ।’
विवाह सकिएछ । मलाई बिदाइ गर्ने बेला भएछ । बाउ बिदाइ गर्न तम्सिए । पुक्क फुलेको थियो उनको मुख । हातगोडा पनि सुन्निएका थिए । दिनभर के खाए या खाएनन्, थाहा छैन । अरू दिन दुई–तीनपटक मरिच–पानी खान्थे ।
तिनै बाउ आज आफूलाई एक्लो बनाएर मलाई बिदा गर्दै थिए । बिदाइ गर्नुअघि बाउले बेहुलाका बाउसँग के–के खासखुस कुरा गरे । अनि म नजिकै आएर कानमा फुस्फुसाए– ‘छोरी ! राम्ररी घर गरिखानू । मेरो पीर नगर्नू, अब तेरी आमाले आसिक दिन्छे मलाई । म अझै धेरै बाँच्छु ।’
बाउका कुराले म निकै रोएँ । टाउको ठोकीठोकी रmन मन लाग्यो । मलाई अघि बढाएर कमिजको फेरले मुख छोपेर बाउ फर्किए । मेरो मनले मानेन, अलि अगाडि पुगेपछि फर्किएर हेरें । अनायास म रmँदै कराएछु– ‘बा..बु… !’
पुस्तक किनेर पढ्नकालागि निम्न लिङ्गमा हेनुहोस् https://www.amazon.com/s/ref=dp_byline_sr_book_1?ie=UTF8&text=Ramesh+Diyali&search-alias=books&field-author=Ramesh+Diyali&sort=relevancerank
You can see more from Bhutanenese Writer Social media. What they said after meeting Writer and about his Book.
Music Writer/Singer/Composer Arjun Rasaily and GazalKar Dharmaindra Timsina said:‘छाप्रा न॰ ५५ ‘उपन्यासको लागी बहुप्रतिभाशाली मेरो प्रिय भाई Ramesh Diyali लाई धेरै धेरै बधाई अनि शुभकामना…!! यो उपन्यास भित्र हाम्रो इतिहास लेखिएको छ..!! पक्का पनि यो उपन्यासले सबैको मन जित्ने छ ..!!!”