स्वदेश फिर्ती र राहतको माग गर्दै शरणार्थीले गरे नाराबाजी र अनसन

भूटान नर्फकाएसम्म राहत कटौती नगर्न शरणार्थीको आग्रह

0
1297

भूटान नर्फकाएसम्म राहत कटौती नगर्न शरणार्थीको आग्रह

     २४ मंसीर २०७५/डिकेश लामा
झापा/विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसन बसेका छन् ।
शरणार्थी शिविरमा विश्व मानव अधिकारको अवसर पारेर दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिले गरेको कार्यक्रमलाई लक्षित गरी कार्यक्रम गरिएको आयोजक समितिका संयोजक कृष्णविर तामाङले बताउनु भयो । शरणार्थीले स्वदेश फिर्ती तत्काल गर, मानव अधिकारको रक्षा गर, शरणार्थीलाई आर्थिक भार लाउन मिल्दैन जस्ता नाराबाजी समेत गरेका छन् । स्वदेश फर्कन चाहाने शरणार्थीले कार्यक्रममा आएका दातृ निकाय उच्च पदाधिकारी, मानवअधिकारकर्मी समक्ष आफ्ना माग पुरा गर्न प्ले कार्ड राखेर कार्यक्रम भर अनसन समेत बसेका छन् । भूटानबाट लखिटिएका बृद्धबृद्धा समेतले आफूहरुको स्वदेश फर्कन अधिकारको सुनिश्चित गर्न माग गरेका छन् ।


प्रदेश सांसद अर्जुन राईको प्रमुख आथित्यमा भएको कार्यक्रममा भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्ग, शिविर सचीव टिकाराम रसाइलीले शरणार्थीको मुद्धामा दातृ निकाय र नेपाल सरकारले त्यतिक छोड्न नमिल्ने बताउँदै समस्या समाधान गर्न माग गरेका छन् । कार्यक्रममा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखाका प्रमुख खालिड फन्साले शरणार्थीहरुले दातृ निकाय र नेपाल सरकारबाट नियमित सहयोग पाइरहेको बताउनु भयो । उहाँले लैंगिक हिंसा अन्त्य गर्न लागिका नेपालमा भएका क्षेत्रीय कार्यक्रममा समेत शरणार्थी महिलाको सहभागिता गराउँन थालेको बताउनु भयो ।

अधिकारको माग गर्दै बसेको २६ बर्ष वितिसक्दा समेत पर्खिएर बसेको ७८ बर्षीय दुर्जोधन गुरुङ्गले बताउनु भयो । श्रीमति र छोराछोरी समेत भूटानमा रहेको अवस्थामा परिवार भेटाउन भएको लागि भए पनि भूटान फर्काउनु पर्ने बताउनु भयो । यस्तै पदमबहादुर पोखरेल आफू स्वदेश फिर्ती हुन चाहेको बताउनु भयो ।
९० बर्षीय दलबहादुर कार्कीले भूटान फर्कन बसेको २६ बर्ष विताउँदाको अवस्थामा ३ विकल्पमा किन स्वदेश फिर्तीको ढोका नखुलेको हो भनेर जिम्मेवार निकायलाई प्रश्नु गर्नु भएको छ । कार्यक्रम स्थलमा भूटान स्वतन्त्र जनमञ्च, भूटान राष्ट्रिय मेलमिलाप केन्द्र, जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले व्यानर टाँगेर कार्यक्रम स्थलमा सरोकारवाला निकायको ध्यानाकर्षण गर्न अनसन समेत बसेको मेलमिलाप केन्द्रका अध्यक्ष कृष्णविर तामाङले बताउनु भयो । जनमञ्चका महासचिव धनविर सुव्बाका अनुसार स्वदेश फिर्ती भूटानीहरुको मानव अधिकार भएकोले विश्व मानव अधिकारको दिन ध्यानाकर्षण गर्न र्याली, नाराबाजी र अनसन जस्ता कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रममा परिचय पत्र छुट भएका शरणार्थीहरुले समेत दवावमुलक कार्याक्रम गरेका छन् । उनीहरुले व्यानर राखेर आफूहरुलाई तत्काल परिचय पत्र दिने व्यवस्था गर्न माग गरेका छन् । कार्यक्रममा भूटानीहरुको शंका व्याण्डले मानव अधिकार सम्बन्धी गीत, नृत्य र नाटक समेत प्रस्तुत गरेको कार्यक्रम संचालन सुमन दिङ्माली राईले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here