दमकमा आज भएका अलग/अलग दुईवटा दुर्घटनामा परि ३ जनाको मृत्यु

0
674

मंशिर २५/
दमकमा आज भएको दुईवटा अलग अलग दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दमकका एक किलो मिटरका दुरिमा मा भएका दुई वटा दुर्घटनामा परेर मोरङ जिल्लाका ३ जनाको ज्यान गएको हो ।
ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनका अनुसार दमकको मुख्य चौकमा दिउँसो भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो भने साँझ दमक ४ चियादोकान चौकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो ।
दमक– ४ स्थित चियादोकान सडकखण्डमा बस र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकल चालक मोरङको केरावारी गाँउपालिका ९ सिंहदेवी घर भएका ४८ बर्षिय देवीप्रसाद राईको मृत्यु भएको छ । उहाँको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे. २ प. ३३०१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना.४.ख. ६७८२ नम्बरको यात्रुबाहक बस साँझ साढे ५ वजे तिर एक आपसमा जुधेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
यसअघि आजै दिउँसो भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दमक चौकमा दिउँसो बाबु र छोराको मृत्यु भएको छ ।
प्रहरी निरीक्षक एक्तेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्र गिरी रहेका छन् । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले जानकारी दिनुभयो ।
एच.आर. २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस स्टेन्ट पुर्व पट्टि राजमार्गमा दिउँसो साडे १ बजे तिर को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here