बिगत लामो समय देखी नेपाली संगीतमा सक्रिय श्रष्टा सीडी विजय अधिकारीलाई नेपालमा जारी सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालको फाईनल बिजेता बनाउन अमेरीकामा रहेका भुट्नीज नेपालीहरुले अभियान सुरु गरेका छन् । हाल द भ्वाईस अफ नेपालको सेमिफाइनल राउण्डमा पुगेका अधिकारीलाई भुट्नीज नेपालीहरुले फाईनल बिजयी बनाउन अभियान सुरु गरेका हुन् । भुट्निज नेपाली संगीत श्रष्टाहरूसँग यस अघि पनि सहकार्य गर्दै आएका अधिकारीलाई द भ्वाइस अफ नेपाल बनाउने अभियान अन्तर्गत अमेरिकामा रहेका भुट्निज नेपालीहरूले बिभिन्न कार्यक्रम सुरु गरेका छन् ।

अभियानअन्तर्गत निर्णायकको मतको आधारमा सेमिफाईनलमा पुगेका अधिकारीलाई जिताउन भोट गर्न सबैलाई अपिल गर्ने, त्यसका लागि बिभिन्न ठाउँमा भोटिङ क्यम्पेन गर्ने, सकेको आर्थिक सहयोग जुटाएर भोटिङ गर्ने लगायतका अभियान सुरु गरिएको अमेरीकामा रहेका गायक रमेश कडेलले जानकारी दिनुभयो ।

गायक अधिकारीले पनि ग्लोबल पोष्ट मार्पmत यस अघि भएको सहयोगकोलागी आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नु भएको छ । आफुले सदैब नेपाली पन र नेपाली मनको गित गाएको भन्दै जहाँ रहे पनि नेपाली मायाँ मुटुमा रहेकाले आफुलाई सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।
यसैबीच सीडी बिजय अधिकारी सपोर्ट ग्रुपको नाममा सिनसिनाटी ओहायोका भुट्निज नेपालीहरूले गो फण्डमी अभियान सञ्चालन गरेका छन् । अधिकारीको सहयोगको लागी पाँच हजार अमेरिकी डलर संकलन गर्ने उद्धेश्यका साथ १० दिन अघि सुरू गरिएको अभियानमा अहिलेसम्म २८ मनकारीबाट दुईहजार एक डलर संकलन भैसकेको छ । फाईनान्सियल सपोर्ट टु सीडी विजय अभियान नामक यस अभियानलाई सहयोग गर्ने मनकारीहरूले दैनिक रुपमा सहयोगको क्रमलाई अघि बढाएका छन् ।

https://www.gofundme.com/financial-support-to-cd-vijaya

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here