‘स्वीकारोक्ति प्रसन्न दिवस’ सम्पन्न, चन्द्रागिरिमा साहित्यिक सिर्जना आदानप्रदान

0
10
अर्जुन प्रधान ८/८/२०२६

स्वीकारोक्ति फाउन्डेसनले आयोजनामा शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा स्वीकारोक्ति दर्शनसम्बन्धी दार्शनिक गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीपछि साहित्यकारहरू चन्द्रागिरितर्फ प्रस्थान गरी ‘स्वीकारोक्ति प्रसन्न दिवस’ को ‘स्वीकारोक्ति प्रसन्न यात्रा’ मा सहभागी भएका थिए। दिवसका अवसरमा आयोजित चियापान, बहस तथा अन्तरक्रियामा स्वीकारोक्ति दर्शनका प्रतिपादक डोन्जोम साम्पाङले दर्शनको अवधारणा र यसको सामाजिक महत्वबारे धारणा राख्नुभएको थियो।

साम्पाङका अनुसार ‘स्वीकारोक्ति प्रसन्न दिवस’ आफ्नो अस्तित्वलाई स्वीकार गर्दै मानव मूल्य, संवेदना, सिर्जनशीलता र न्यायपूर्ण सहअस्तित्वको चेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने दिवस हो।उवांले थपमा “ स्वीकार सृष्टिको महिमा, हर मनमा छाओस् प्रबोधन।
उस्तै होस् या अलग, होस् हरेकको न्यायिक सम्बोधन।”भन्दै एकताको सुत्रमा जोडिन आवाहन गर्नुभयो ।कार्यक्रममा रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक तथा विद्यावारिधिका शोधार्थी अम्बरदोज लामा, मूर्धन्य कवि तथा अनुवादक विप्लव प्रतीक, महाकाव्यकार खेमनाथ दाहाल, अञ्जना इछमफूल, सन्ध्या पाठक, प्रगति राई, बिमला तुम्खेवा, लेखक तथा सम्पादक कृष्ण भुसाल, लगायतको उपस्थिति थियो।

त्यसैगरी, स्वीकारोक्ति दर्शनका प्रणेता डोन्जोम साम्पाङ, स्वीकारोक्ति फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष डा. भक्त राई, दर्शनका अभियन्ता तथा स्वाकोरोक्ति फाउडेसनका अन्तर्राष्टिय सम्पर्क समन्वय प्रमुख कर्ण गुरुङ, फाउन्डेसनको साहित्य विभाग प्रमुख दीपा राई पुन तथा नेपाल च्याप्टरका अभियन्ता उत्सव नेपाललगायत सहभागी हुनुहुन्थ्यो। “ स्वाकोरोक्ति दर्शन र संकृतिको भिन्नतलाइ प्रष्ट पार्दै नेपाल च्याप्टरका अध्यक्ष डा. भक्त राईले साहित्यकारहरूको जिज्ञासा र प्रतिउत्तरलाइ सम्बोधन गर्नु भयो । त्यसपछि, चन्द्रागिरितर्फको यात्राका क्रममा १७ जना साहित्यकारबीच सिर्जना आदानप्रदान तथा साहित्यिक अन्तरक्रिया गरिएको थियो। साथमा, वरिष्ठ कवि तथा प्राज्ञ बाबा बस्नेत, वरिष्ठ पत्रकार अखण्ड भण्डारी, सुप्रसिद्ध साहित्यकार रीता खत्री, चर्चित हास्य कलाकार तथा क्यारिकेचरिस्ट शीला बोजु, वरिष्ठ सञ्चारकर्मी बालगोपाल आशुतोष र फोटो कवि तथा भ्लगर इनुमा राई, नेपाली साहित्यका संयोजक अर्जुन उप्रेति लगायत स्रष्टा तथा द्रष्टाहरूको पनि सहभागिता रहेको थियो। दार्शनिक भ्रमणका क्रममा साहित्य, दर्शन, सिर्जना र जीवनबारे अनौपचारिक संवाद तथा विचार आदानप्रदानसमेत गरिएको स्वाकोरोक्ति च्याप्टर नेपालका अध्यक्ष डा.भक्त राइले जनाउनु भएको छ। भ्रमण टोलीका लागि साहित्यकार दीपा राई पुन र आमा विमला राइले थानकोटस्थित आफ्नो ‘ह्याप्पी होम’मा विशेष आतिथ्यसहित नेपाली भोजको आयोजना गर्नुभएको थियो।

गोष्ठी तथा भ्रमणलाई स्वीकारोक्ति दर्शन, साहित्य र सिर्जनालाई सामूहिक संवाद तथा सहयात्रासँग जोड्ने विशेष कार्यक्रमका रूपमा लिइएको साहित्य प्रमुख कवि दिपा पुन राईले जानकारी दिनु भयो । कार्यक्रमको अन्त्यमा वरिष्ठ साहित्यकार तथा मुन्धुम संस्कृतिविद् वैरागी काइँलालाई स्वाकारोक्ति फाउडेसन र सहभागी साहित्यकारले सामूहिक रूपमा जन्मदिनको शुभकामना व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here