झापाको शिवसताक्षी ७, लालझोडामा आगोलागीमा एकै परिवारका चार जनाको मृत्यु भए पछि गाउँनै शोकमग्न

0
751

मंशिर १०/
झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा गए राति भएको आगोलागीमा एकै परिवारका चार जनाको मृत्यु भए पछि गाउँनै शोकमग्न भएको छ । राती घरमा आगोलागी भएपछि जलेका चारैजनाको शवको अवशेष एउटै खाटमा फेलापरेको थियो ।
आज बिहान शवको अवशेष संकलन गरी मेची अञ्चल अस्पतालमा परीक्षण पस्चात परिवारलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिनुभयो ।
लक्ष्मण खनालको घरमा आगोलागी हुँदा परिवारका सबै चारजना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चारमहिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको हो ।
परिवारका चारैजनाको आगालागीमा परि मृत्यु भएपछि गाउँनै शोकमग्न भएको हो । घटनास्थलमा भेटिनु भएका संघीय सांसद एल.पि. साँवाले घटनाबाट आफू स्तब्ध भएको बताउनु भयो ।
खाना खाएर सुतिसकेपछि घरमा एक्कासि आगोलागी भएको र आगोलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट भएको स्थानीय दुर्गा नेम्वाङले बताउनु भयो ।
स्थानीयवासीले राति नै प्रहरी र दमकललाई खबर गरेका थिए । गौरादहबाट १५ मिनटभित्रै आएको दमकलले आगो नियन्त्रण गरेको थियो ।
उनकाअनुसार घरमूली लक्ष्मण खनाल राति ९ बजेसम्म खेतमा ट्र्याक्टर जोतेर घर आएको र खाना खाएर परिवारसँगै सुतेको अवस्थामा आगोलागी भएको थियो ।
मृतक खनाल आफ्नै ट्याक्टर चलाउदै आउनु भएको थियो । घरअगाडि धान दाउनी गर्ने थ्रेसर मेसिन राखिएको थियो । आगोलागीमा घर पूरै जलेको छ भने थ्रेसर आंशिकरूपमा जलेको छ ।
ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक राईले घरका सबै सदस्यको मृत्यु भएको र छिमेकीले आगो फैलिइसकेपछिमात्र थाहा पाएको हुँदा आगोलागी कसरी भयो भन्ने तत्काल थाहा हुन नसकेको बताउनु भयो । उहाँले तत्काल बिद्युत सर्ट भएर आगालागी भएको भन्ने कुरा आएको र अनुसन्धानबाट मात्रै सबै कुरा थाहा हुने बताउनु भयो ।
आगोलागीमा विस्फोट भएको ग्यास सिलिन्डरको टुक्रा उछिट्टिएर छिमेकी ३७ वर्षीया गीता ढुंगेल समेत सख्त घाइते हुनु भएको छ । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भैरहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here