कांग्रेसमा कोईराला परिवार मात्रै नभएर सबै नेता कार्यकर्ता एक हुनु पर्छ : महामन्त्री डाक्टर सशांक कोईराला

0
867

मंशिर १०/
कांग्रेस महामन्त्री डाक्टर शशांक कोईरालाले कांग्रेसमा कोईराला परिवार मात्रै नभएर सबै नेता तथा कार्यकर्ता एक हुनु पर्ने बताउनु भएको छ । झापाको दमकमा आज पत्रकारहरु संग कुरा गर्दै कांग्रेस महामन्त्री कोईरालाले कांग्रेस गुटबन्दीका कारण बिग्रिएको भन्दै सबै कांग्रेस एक हुनु पर्ने धारणा राख्नु भयो । युवा पुस्तालाई समेटेर पार्टिलाई नयाँ ढंगले संगठन निर्माण गर्नको लागी आफुहरुले अभियान सुरु गरेको उहाँले बताउनु भयो । आफु अहिल्यै सभापतीको रुपमा प्रस्तुत नभएको भन्दै महामन्त्री कोईरालाले पार्टिमा पुस्तान्तरण भने हुनु पर्ने आफ्नो धारणा रहेको प्रष्ट पार्नु भयो । लोकतान्त्रीक पार्टिमा बिचारको गुट हुनु पर्नेमा व्यक्तिको गुट भएकोले अहिले पार्टि कमजोर भएको भन्दै कोईरालाले आफु गुटबन्दिको बिरोधी भएको बताउनु भयो ।
अर्को फरक प्रसंगमा कुरा गर्दै नेता कोईरालाले वर्तमान सरकार ईतिहाँसकै शक्तिसाली भए पनि ईतिहाँसकै नालायक भएको टिप्पणी गर्नु भयो । सुन कण्ड देखी लिएर निर्मला पन्तको बलात्कार पछिको हत्या हुँदै वाईड बडि बिमान खरिद प्रकरण हेर्दा सरकार नालायक भएको उहाँले बताउनु भयो । कांग्रेस जिम्मेवार पार्टि भएकोले उत्तेजीत नभै कन सकारात्मक प्रतिपक्षिको भुमिका निर्वाह गर्ने कांग्रेस महामन्त्री कोईरालाले बताउनु भयो । वाईडबडी बिमान खरिद प्रकरणलाई टुंगोमा पु¥याएरै छाड्ने उहाँले दृढता व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here