गाउँ नै शोकाकुल:आगलागीबाट एकै परिवारका ४ जनाको मृत्यु

गाउँ नै शोकाकुल

0
994

गाउँ नै शोकाकुल 
१० मंसीर २०७५/ डिकेस लामा,
झापा/झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोडामा आगलागिमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
आगलागीबाट ३६ बर्षिय लक्ष्मन खनाल, ३० बर्षीय राधिका खनाल, ४ बर्षीय सुप्रिया खनाल र ३ महिनाका टिकाराम खनालको मृत्यु भएको छ । झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक भिमप्रसाद ढकालका अनुसार साढे १० बजे तिर भएको आगलागीमा परी ४ जनको मृत्यु भएको हो । आकस्मिक भएको घटनाले गाउँ नै शोकमा परेको छिमेकी हिमा सापकोटाले बताउनु भयो । सापकोटाका भन्नु भयो, “गुहार गुहार भनेर चिच्याईरहेका घर नजिकैका छिमेकीलाई हेर्दा हेर्दै आगोले निल्यो । कसैले निकाल्न नै सकेनौं ।”
पुर्व पश्चिम महेन्द्रराज मार्गको झिलझिले बजारे देखि ४ किलो मिटर दक्षिण शिवसताक्षी ७ लालझोडामा भएको आगलागीबाट सिलिण्डर पड्कदा स्थानीय ३३ बर्षीय गीता ढुङ्गेल घाइते हुनु भएको छ । घाइतेलाई उपचारको लागि विराटनगर लगिएको छ । आगलागीबाट करिव १२ लाख बराबरको क्षति समेत भएको प्रहरीले जानकारी दिएको छ ।
घटना भएको स्थानमा प्रतिनिधिसभा सांसद एलपी साँवा, प्रदेश साँसद झलकसिंह दर्लामी, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा सहितको उच्च टोलीले अनुगमन गर्नु गरेको छ । घटना अति दुखद भएको र अनुसन्धान जारी रहेको झापा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले बताउनु भयो ।
मृतकको लाश पोष्टमार्टमका लागि मेचि अञ्चल अस्पताल लगिएको छ । विधुत र डिजेलमा शंका गरिए पनि के भएर आगो लाग्यो भन्ने कारण खुल्न सकेको छैन । यस अघि २०७१ सालमा यसै नगरपालिका साविक शिवसतासीमा मनिका भट्राई सहित २ छोराहरुको जलेर मृत्यु भएको थियो । त्यस्तै २०६६ सालमा साविक शिवगञ्जमा घरमुली संग्रामबहादुर पाण्डे सहित ५ जनाको जलेर मृत्यु भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here