अमेरिकामा ‘ग्लोबल नेपाली चलचित्र, संगित, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ आयोजना हुने

0
2738

मंसिर ७, २०७५ /
अमेरिकाको नर्थ क्यारोलिनास्थित सार्लोटमा ‘ग्लोबल नेपाली चलचित्र, संगित, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ को आयोजना हुने भएको छ । कार्यक्रम आगामी २२ डिसेम्बरमा ‘नेपाली चलचित्र, संगित, सञ्चार तथा संस्कृतिको पहिचान र प्रवद्र्धनका लागि हाम्रो सामुहिक अभियान’ भन्ने नाराका साथ आयोजना हुँदैछ । उक्त कार्यक्रमले नेपाली चलचित्र, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न मद्दत पुग्ने आयोजक लभ एण्ड सपोर्ट फाउण्डेशनले जनाएको छ । ४ विधाका विभिन्न ५३ वटा अवार्डका लागि नोमिनेशन आवेदन खुल्ला गरिएको आयोजकले जनाएको छ । प्राप्त नोमिनेशनलाई छनोट समितिले केही दिनभित्रै सार्वजनिक गर्ने तयारी आयोजकको छ ।
कार्यक्रममार्फत हलिउड चलचित्रको छायाङ्कन गराई चलचित्र पर्यटनको प्रवद्र्धधन गर्ने फाउण्डेशनका अध्यक्ष मनोज राईले बताउनुभयो । पछिल्लो समय अमेरिकामा नेपाली कलाकारको बाक्लो उपस्थिती रहेको जनाउँदै फाउण्डेशनले हलिउडका निर्देशक एवं चलचित्रकर्मी र विश्वभरि छरिएर रहेका नेपाली कलाकारलाई एउटै मञ्चमा ल्याउन यो कार्यक्रम प्रभावकारी माध्यम हुने आयोजकले जनाएको छ । कार्यक्रम ‘३६४६ सेन्ट्रल एभ हल’मा स्थानीय समयअनुसार अपरान्ह ३ बजेबाट साँझ ७ बजेसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here