पार्टी एकता भएको ६ महिना पुग्न लाग्दा समेत तल्ला तहको एकता नभएको र सरकारको कार्यशैली पनि सन्तोषजनक नभएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चर्कियो

0
589

मंसिर ७ ।
पार्टी एकता भएको ६ महिना पुग्नै लाग्दासमेत तल्ला तहका एकता नभएको र सरकारको कार्यशैली पनि सन्तोषजनक नभएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चर्किएको छ ।
पार्टीका वरिष्ठ नेताहरुले नै सरकारको कार्यशैलीको आलोचना गरिरहेका बेला झन्डै दुई दर्जन केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक नै बोलाउन माग गर्दै अध्यक्षद्वयलाई ज्ञापनपत्र नै बुझाइसकेका छन् । यसले पनि नेकपाभित्रको असन्तुष्टि निकै चर्किएको विश्लेषण गरिएको छ ।
पार्टी एकतापछि नेकपाको केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन । महत्वपूर्ण निर्णयका लागि नेकपा सचिवालय बैठक बस्दै आएको छ ।
जिल्ला तथा स्थानीय समितिहरु भंग भएपनि नयाँ समिति बन्न नसक्दा ती तहका बैठक पनि बस्न सकेका छैनन् ।
स्थायी समिति सदस्य देवेन्द्र पौडेल पार्टीको तल्ला तहका एकतामा ढिलाइ भइरहेका बेला भएको अहिलेको दबाब स्वाभाविक भएको बताउनु भयो ।
केन्द्रीय समिति बैठक बोलाउने अभियानका हस्ताक्षरकर्ता केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि पार्टी सुधार र कम्युनिस्ट पार्टीको गरिमा जोगाउन र नेतृत्वलाई जवाफदेही बनाउन तत्काल बैठक बोलाउन ध्यानाकर्षण गराइएको बताउनु भयो ।
सरकारको कार्यशैलीबारे हर क्षेत्रबाट प्रश्न उठिरहेको र आवश्यक परे मन्त्रिपरिषदका सदस्य नै हेरफेर गरेर भने पनि सरकारको कार्यशैली सुधार गर्नुपर्ने कतिपय नेताको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here