फिदा हुसेनको हत्या प्रकरणः अझै अशान्त सुनसरी, आन्दोलनले सवारी साधन ठप्प

0
840

६ मंसिर, काठमाण्डौ । सुनसरीका दुहबी ९ का फिदा हुसेनको हत्यारालाई कारबाहीको माग मुस्लिम समुदाय आन्दोलीत भएपछि सुनसरी भएर गुड्ने सवारी साधन ठप्प भएका छन । मस्लिम समुदायको आन्दोलनका कारण सुनसरी खण्डमा पुर्बपश्चिम राजमार्ग र कोशी राजमार्ग दुबै बन्द भएको छ । सुनसरी दुहवी, इनरुवा,  लौकही लगायतका स्थानमा मुस्लिम समुदाय बिरोधमा उत्रिएका हुन । सडक अबरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका छन ।

बुधबार बिहानै मर्निङ वाकमा निस्किएका दुहवी ९ छाताबेलीका फिदा हुसेनमाथी मोटरसाइकलमा आएका युवाले गोली हानि हत्या गरेका थिए । दक्षिणतिरबाट आएका उनिहरुले फुसेनलाई गोली प्रहार गरी उतैतर्फ भागेको प्रहरीले जनाएको छ । घटनापछि शंकास्पद केही ब्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । यद्यपी हत्यारा पक्राउ नगरिएको भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन । दुई महिनाभित्र सुनसरीमा श्रृंखलाबद्ध रुपमा मुस्लिम समुदायका ब्यक्ती लक्षीत आक्रमण भएपछि उनिहरु आन्दोलीत भएका हुन । गत असोज पहिलो साता सुनसरीको घुस्कीमा स्थानीय खुर्सिद आलम पनि गोली प्रहारबाट हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here