अमेरीकामा योग तथा प्राकृतिक उपचार चिकित्सा प्रति मानिशहरुको आकर्षण बढ्दो

0
996

मंशिर ७/
पछिल्लो समय अमेरीकामा पनि योग तथा प्राकृतिक उपचार चिकित्सा प्रति मानिशहरुको आकर्षण बढ्न थालेको छ । अमेरीकीहरुको यहि आकर्षणका कारण नेपालमा रहेर योग तथा प्राकृतिक उपचार चिकित्साको क्षेत्रमा ख्याती कमनाउनु भएका वैद्य गंगा ढकाल हाल अमेरीकामा योग तथा प्राकृतिक चिकित्सा सिविर सञ्चालन मा व्यस्त हुनु भएको छ । अमेरिकाका बिभिन्न ५६ ठाउँमा योग तथा प्राकृतिक उपचा चिकित्सा शिबिर सञ्चालन भैरहेका छन् । ढकालले संचाल गर्नु भएको शिबिरमा अमेरीकामा रहेका नेपाली भाषिका साथै अमेरीकन नागरिकहरु पनि सहभागी हुने गरेको ग्लोबल पोष्ट डटकमका सञ्चालक अर्जुन प्रधानले जानकारी दिनुभयो । हिँजो मात्रै अमेरीकाको ओमा नव्रस्कामा योग तथा प्राकृतिक उपचार चिकित्सा शिबिर सकिएको छ । उक्त शिबिरमा बरिष्ठ लेखक पञ्चमान गुरुङ, भुटनीज कम्युनिटि नव्रस्काका अध्यक्ष भिम गुरुङ, युनाईटेड फेमिलिका सिईओ खड्ग गजमेर, कर्ण गुरुङ लागयतका उपस्थिति रहेको थियो ।
कार्यक्रममा बरिष्ठ लेखक पञ्चमान गुरुङले आफ्ना दुई वटा पुस्तक समेत हस्तान्तरण गर्नु भयो । उहाँले योग र आध्यात्म संग नजिक बनेर मात्रै मानिशले जिवन र जगत बुझ्न सक्ने बताउनु भयो । त्यसैगरी कर्ण गुरुङले पनि योग र प्राकृतिक चिकित्साले मानव जिवन स्वस्थ रहन सक्ने बताउनु भयो ।
नेपाली सांस्कृतिक आध्यात्मिक केन्द्रको आयोजनामा बिभिन्न शहरहरुमा यस्ता शिबिर सञ्चालन भैरहेको ग्लोबल पोष्ट डटकमका सञ्चालक अर्जुन प्रधानले जानकारी दिनुभयो ।
योग शिबिर संगै बिभिन्न ठाउँमा अग्र्यानिक आयुर्वेदिक सामान पाउने पतञ्जली प्रोडक्ट पार्लर समेत सञ्चालन सुरु गरेको वैद्य ढकालले बताउनु भयो । पछिल्लो समयमा अमेरीकामा यस्ता सामाग्रिहरु प्रति मानिशहरुको आकर्षण बढेकोले यस्तो पार्लर सञ्चालनमा ल्याईएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here