टी-१० क्रिकेट लिगः सन्दिपको शानदार प्रदर्शन

0
574
फाइल तस्वीर

५ मंसिर, काठमाण्डौ । युनाइटेड अरब इमिरेट्समा जारी टी-१० क्रिकेट लिगमा आवद्ध सन्दिप लामिछानेले सानदार प्रदर्शन गरेका छन । टिम केरला किङसबाट खेलिरहेका सन्दिपले पख्तुनको ३ विकेट लिए । ३ मध्ये उनले २ विकेट एउटै ओभरमा लिएका हुन । केरलाबाट पहिलो खेलमै मैदान उत्रिएका सन्दीपले महत्वपूर्ण ३ विकेट लिएका हुन्। चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा आउट गराए । फ्लेचर ३२ रनमा आउट भए। त्यसपछि चौथो ओभरको अन्तिम बलमा सन्दिपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे। सन्दिपले अर्को विकेट भने मुहमद कलिमको लिएका थिए । सन्दिपको धारिलो बलिङ सामु पख्तुन १ सय ९ रनमा सिमित भयो । १ सय १० रनको बिजयी लक्ष्य केरलाले ७ दशमलव ५ ओभरमा पूरा गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here