राष्ट्रिय परिचयपत्र वितरण आजदेखि, गृहमन्त्रीसहितको टोली पाँचथरमा

0
3427

३ मंसिर, काठमाण्डौ । सरकारले आजदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु गर्दैछ । यसका लागि गृहमन्त्री रामबहादुर थापासहितको टोली पाँचथरको फिदिम पुगेको छ । फिदिमबाट राष्ट्रिय परिचयपत्र वितरण सुभारम्भ गर्ने कार्यक्रम छ । बिशेष समारोहकाबीच फिदिममा ५० जनालाई परिचयपत्र वितरण गर्दै यसको थालनी हुनेछ । ‘सेक्युरिटी चिप्स’सहितको बहुप्रतीक्षित राष्ट्रिय परिचयपत्र बहुउपयोगी समेत हुने दावी गरिएको छ । राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, मतदाता परिचय लगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्र बोक्नुपर्ने झन्झटको पनि अन्त्य हुने सरकारी अधिकारीहरुको दावी छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण हुनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here