देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई काम नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको भनाई

0
1286

काठमाडौं –
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई कडा निर्देशन दिनु भएको छ ।
मन्त्री पण्डितले ‘कर्म एकातिर, चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई कामै नभएको पनि स्पष्ट पार्नुभयो ।
आज ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराउनुभयो । कर्मचारीहरुले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो छ ।
मन्त्री पण्डितले दुर्गम क्षेत्रको स्थानीय तहका काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here