सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको नेकपा नेता आग्नि सापकोटाको गुनासो

0
640

काठमाडौं–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नी प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोख्नु भएको छ । उहाँले भन्नु भयो, ‘यो सरकार निरन्तरताको लागिमात्रै होइन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम–स्पिरिट देखिएन ।’
आज रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सापकोटाले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरी काम गर्न नसकेको स्वीकार गर्नु भयो । उहाँले भन्नु भयो, ‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ ।’
सापकोटाले पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here