मुलुकभर भाइटिकाको उल्लास, उपयुक्त समय ११ बजेर ५५ मिनेट

0
739
तस्बिरः गुगल

२३ कात्तिक, काठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको शुक्रबार पाचौं तथा अन्तिम दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि उपयुक्त साइत भने मध्याह्न ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाइटिकासँगै यो बर्षको तिहार पर्ब पनि समापन हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here