नेपालमा केही स्थानीय तहमा सार्वजनिक विदा घोषणा
२६ कार्तिक २०७५
टेनिसी, अमेरिका/ नेपालका किरात समूदायका महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औं जन्म जयन्ती अमेरिकाको टेनिसीमा पनि मनाइएको छ ।
महागुरुको जन्म जयन्तीको अवसर पारेर अमेरिकाको किरात कल्चरल सोसाइटी टेनिसी (केसीएसटी) ले टेनिसीमा बसोवास गर्ने ७० घर धुरीका करिव ५ सय किरातीहरु मिलेर कार्यक्रम गरेको सोसाइटीका अगुवा देव राईले बताउनु भएको छ । सोसाइटीका अध्यक्ष सह दुङ्मालीको अध्यक्षतामा भएको कार्यक्रममा ६ जना किरात धर्मका गुरुहरुबाट खाउन (भजन)सँगै मुन्धुम पाठ गरी जयन्ती मनाइएको सोसाइटीले जानकारी दिएको छ ।

कार्यक्रममा किरात समूदायमा जिवीत गुरुको रुपमा मानिनु भएका आत्मनन्द गुरुको हस्ताक्षर रहेको प्रमाण पत्र समेत वितरण गरिएको छ । प्रमाण पत्र झापाको बेलडाँगीमा १ मा रहेको किरात माङ्पोक्लुङ माङ्हिममा आर्थिक सहयोग गर्ने दाताहरुलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका किरातीका अगुवा सुकमान सुहाङ्गले महागुरु फाल्गुनन्दको जिवनी पाठ गर्दै उहाँले महागुरुले दिनु भएका महत्वपूर्ण जिवनोपयोगी सन्देश समेत सुनाउनु भएको छ । 
किराँत धर्मका महागुरु तथा समाज सुधार
क फाल्गुनन्द लिङदेनको जन्म जयन्तीमा प्रत्येक बर्ष भूटानीहरुको बसोवास रहेको दमक नगर भित्र सार्वजनिक विदा दिने गरी ०७४ असोजमा सम्पन्न नगरपालिकाको पहिलो नगरसभाले उक्त निर्णयलाई पारित गरेको थियो ।

फाल्गुनन्द जयन्ती अघिल्लो बर्ष शनिबार परेकाले नगरपालिकाको सो निर्णय कार्यान्वयन भएको थिएन । लिङदेनलाई सरकारले ०६६ मंसिर १६ गते राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको थियो । यस बर्ष देखि महागुरुको सम्मानमा पूर्वी नेपालको ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापाका केही स्थानीय तहमा सार्वजनिक विदा समेत घोषणा गरिएको छ ।












