लक्ष्मीपूजाले उल्लासमय नेपाल, यस्तो छ काठमाण्डौको मनमोहक दृश्य

0
826
तस्बिरः रासस

२१ कात्तिक, काठमाडौं । यममञ्चक अन्तरगत बुधबार साँझ हिन्दु नेपालीहरुले ऐश्वर्य, धनधान्य र सम्पन्नताकी  कि देवी लक्ष्मीको पुजाआजा गरेका छन । लक्ष्मीपूजाको यो उज्यालोले मुलुक नै उल्लासमा रमेको छ । रंगिचंगी बत्ति र दियोका कारण काठमाण्डौ उपत्यकाको दृश्य लोभलाग्दो मनमोहक देखिएको छ ।

लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ । यसअघि बुधबार विहान नै ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको प्रतिक मानि गाईको पूजाआजा गरिएको छ । गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

तस्बिरः रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here