मिनेसोटामा बहुसांस्कृतिक तथा कोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

0
1013

४ नोमेम्बर /ग्लोवलपोष्ट समाचार
मिनेसोटा/अमेरिकाको मिनेसोटामा रहेका भूटानी समूदायले नेपालीभाषी भूटानी समूदायको विकासका लागि बृहत साँस्कृतिक कार्यक्रम हिँजो नोमेम्बर ३ तारिखमा सम्पन्न गरेका छन् ।
खासगरी अमेरिकामामा रहेका नेपालीभाषी भूटानी समुदायमा सामाजिक सेवा, शैक्षिक सहयोग तथा अन्य साँस्कृतिक विकास र संरक्षणका लागि बहुसाँस्कृतिक कार्याक्रम गरिएको कार्यक्रम संयोजक पुष्प भण्डारीले बताउनु भयो ।

Photo By: Yaad Shankar

भूटनिज कमुनिटी अफ मिनेसोटाका अध्यक्ष मोहन चौहानको अध्यक्षता र भुटानी अग्रज डाक्टर छविलाल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पाष्टर रिक, मंगला शर्मा, तिलक पक्वाल, गोविन्द ढुंगाना लगायत अतिथिहरुको पस्थिति रहेको थियो । संस्थाको बार्षिकोत्सवमा बहुसाँस्कृतिक तथा कोष स्थापनाको लागी कार्यक्रम गरिएको अध्यक्ष चौहानले बताउनु भयो ।
कार्यक्रममा नेपाली हाँस्यकला क्षेत्रमा स्थापित युवाद्वय हरि निरौला (कक्रोज) र सागर लम्साल (बले)ले बजोड प्रस्तुती दिँदै नेपाली झण्डा फहराएर जहाँ रहे पनि नेपालीहरुमा नेपालको मायाँ अत्यन्तै रहेको बताउनु भयो ।
कार्यक्रममा संगीतकार तथा गायक किरण गजमेर, गायक दावा लामा, तुल साम्सुहाङ्ग राई, एमडीसी डान्स विजेता मनिता सिंजाली मगर, मोडल तथा नृत्यकार शर्मिला राई, विकु दादा, बाल प्रतिभा निलिमा कोइराला सहित एसेनटर्स व्याण्डको आकार्षक प्रस्तुती रहेको थियो ।
संस्थाका अगुवा पर्मानन्द खतिवडाले संस्था स्थापनाको उद्देस्य र यस्का गतिबिधिहरुको बारेमा जानकारी दिनुभएको

Photo By: Arjun

कार्यत्रममा भुटानी समुदायबाट हाईस्कुल ग्राजुएट गर्ने १८ जना बिद्यार्थिहरुलाई सम्मान समेत गरिएको थियो ।
पछिल्लो समय यस्ताखाले साँस्कृतिक कार्यक्रमले नेपाली कला साहित्यको विकाससँगसँगै समाजमा विपद तथा जोखिममा रहेकाहरुलाई सहयोग गर्न समेत टेवा मिलेको भूटनीज कमुनिटीका तथा ग्लोवल पोष्टका संचारकर्मी याद शंकरले जानकारी दिनु भयो ।
भब्य कार्यक्रममा मिनेसोटामा रहेका नेपाली भाषि भुटानी लगायत अन्य समुदायहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

 

फोटो साभार : अर्जुन प्रधान/याद शंकर/अमेरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here