छक्का पञ्जा ३ हेर्न बसनै रिजर्भ , १३ किलोमिटर टाढा बाट सबै गाउँले आए

0
791

कात्तिक १४/
गत असोज २४ गते घटस्थापनाको दिन देखी प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र छक्का पञ्जा ३ प्रदर्शनका तेस्रो हप्ता सकिन लाग्दा समेत दर्शकहरुको मन जित्न सफल भैरहेको छ । चलचित्र रिलिज भएकै दिन देखी हाउसफुल रहेका हलहरुमा दर्शकको चाप उत्तिकै रहेको छ । पछिल्लो समय नेपाली चलचित्रहरुमा दर्शकको कमि भैरहेको गुनासो आईरहेका बेला चलचित्र छक्का पञ्जा ३ हेर्नकोलागी गाउँ गाउँ बाट हल सम्म दर्शकहरु आईरहेका छन् ।
दैनिक तिन शो लागीरहेको झापा दमकमा रहेको पाथिभरा चित्र मन्दिरमा आज कात्तिक १४ गते साँझको शोमा चलिचत्र हेर्नको लागी मोरङको रतुवामाई नगरपालीकाबाट बसनै रिजर्भ गरेर दर्शकहरु आएका छन् । साँझको शोमा दमक बाट १३ किलोमिटरको दुरीमा रहेको मोरङको रतुवामाई नगरपालीका वडा नम्बर ९ ईटहराबाट बस नै रिजर्भ गरेर दर्शकहरु आएको देख्दा आफुनै अचम्ममा परेको चलचित्रका बितरक तथा पाथिभरा चित्र मन्दिर दमकमा व्यवस्थापक चैतन्य बरालले जानकारी दिनुभयो । करिब ७० जना जति दर्शकहरु बस रिजर्भ गरेर चलचित्र हेर्न आएको उहाँले बताउनु भयो ।
चलचित्रको बारेमा चर्चा धेरै सुनेकोले गाँउलेहरु सबै मिलेर बस रिजर्भ गरि छक्कापञ्जा ३ हेर्न आएको ईटहराका नेत्र प्रसाद दाहालले बताउनु भयो ।
गाउँका बाल बालिका देखी बृद्ध बृद्धा सम्म सबै मिले चलिचत्र हेर्न आएको सोहि ठाउँकी मिरा बरालले बताउनु भयो । लामो समय पछि नेपाली चलचित्र हेर्न यति धेरै टाढाबाट आएको उहाँले बताउनु भयो । चलचित्रको बारेमा धेरै सुनेकोले सबै गाँउले मिलेर आएको ईटहराकै होमा खतिवडाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here