चाडवार्ड नसकिंदै किसानहरुलाई धान काट्ने चटारो , जनशक्ति अभाव हुँदा पाकेको धान भित्र्याउन कठिनाई

0
917
wfg sf6b} ls;fg DofUbLsf] wf}nflul/ ufpFkflnsfsf] tfsdl:yt v]tdf wfg sf6b} ls;fg . o; jif{ cg's"n aiff{sf sf/0f wfg pTkfbg a9g] cg'dfg ul/Psf] 5 . tl:a/ M w'|a;fu/ zdf{, a]gL-DofUbL_, /f;;

कात्तिक १४ /
चाडबाड सक्किन नपाउदै किसानहरुलाई धान काट्न चटारो परेको छ । नेपालीहरुको महान चाड दशैँ सकिए लगत्तै तिहारको मुखमा धान पाक्नाले किसानहरुलाई धान थन्क्याउने चटारो परेको हो । किसानहरुले असार महिनामा दुःख गरेर लगाएको धानबाली थन्क्याउने बेलामा चाडबाड मान्नुपर्ने र धान काट्ने जनसक्ति नहुँदा समस्या थपिएको हो । पछिल्लो समय परम्परागत प्रबिधीलाई विस्थापन गर्दै नेपाली कृषकहरु अत्याधुनिक कृषी प्रविधीलाई समेत भित्र्याउन थालेका छन् । अत्याधुनिक प्रविधी फाट्टफुट्ट रुपमा गाउँघरमा देखिएपनि सबै किसान संग उपलब्ध भएको छैन । सरकार बाट धान काट्ने मेसिन उपलब्ध नहुँदा किसानहरुले धान थन्क्याउन अभैm पनि परम्परागत प्रणालीलाई नै अपनाउनु परेको छ । धान काट्ने अत्याधुनिक मेसिन कुनै कुनै गाउँघरमा प्रवेश गरेपनि थोरै जग्गामा गएर काम गर्न मान्दैनन् । कामदारको अभावमा लगाइएको वालीलाई खमार सम्म ल्याइपु¥याउन किसानलाई ठुलो चुनौती बनेको छ ।
छिमेकी मुलुकका सार्थै अन्य देशहरुमा युवा जनसक्ती रोजगारीका लागी पलायन भएपछी गाउँघरमा बुढापाका, केटाकेटी र महिलाहरु मात्र रहेका छन् । जसका कारण किसानहरुलाई वाली थन्क्याउन थप समस्या बनेको छ । श्रमसक्तीलाई विस्थापन गर्न प्रयोग गरिने आधुनिक कृषी औजार खरिद गर्न महंगो पर्ने र भएका औजारहरु महंगो मूल्यमा किसानहरुले लगाउनु परेकोले गर्दा लागत बढ्ने तर धान विक्री गर्दा त्यसको अनुपातमा मूल्य नपाउँदा किसानहरु मारमा पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here