राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङदेनको १३४ औं जन्म जयन्ति मनाउन तयारी तिब्र

0
1255

दमक कात्तिक १४/
सोह्रौं राष्ट्रिय बिभुति किराँत धर्मावलम्बिहरुका महागुरु फाल्गुनन्द लिङदेनको १३४ औं जन्म जयन्ति आगामी कात्तिक २५ गते {november 11} भव्य रुपमा सम्पन्न गर्नको लागी झापाको शिवसताक्षिमा तयारी तीव्र पारिएको छ ।
झापा शिवसताक्षि ६ हल्दिबारीमा रहेको किरात हाङसाम माङहिममा महागुरुको जन्मजन्ति भव्यरुपमा मनाउको लागी तयारी तिब्र पारिएको आज बुधबार दमकमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो ।
बिगतका बर्षहरु देखीनै मनाउँदै आईएको कार्यक्रमलाई हरेक बर्ष ठाउँ फेरेर भव्य कार्यक्रम गर्दै आईएको आयोजक विश्व  किरात महासंघका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनुभयो । प्रदेश १ का सामाजिक विकाश मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा किरात धर्म संरक्षक गुरु लाफयङ देव बहादुर तुम्वापोको उपस्थिति रहने जनाईएको छ ।
सोहि कार्यक्रमका विच किरात हाङसाम माङहिमको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको माङहिमका कार्यवाहक अध्यक्ष टेकराज लिङलेखुले जानकारी दिनुभयो ।
कार्यक्रममा किरात समुदायका बिभिन्न सांस्कृतिक झाँकीहरु समेत रहने जनाकारी दिईयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here