अमेरिकाको मिनेसोटामा साँस्कृतिक कार्यक्रमको तयारी

भद्रगोलका कक्रोज भर्सेज बलेको बेजोड प्रस्तुती हुने

0
837

भद्रगोलका कक्रोज भर्सेज बलेको बेजोड प्रस्तुती हुने
२७ अक्टोवर २०१८/ग्लोवलपोष्ट समाचार
मिनेसोटा/अमेरिकाको मिनेसोटामा रहेका भूटानी समूदायले नेपालीभाषी भूटानी समूदायको विकासका लागि साँस्कृतिक कार्यक्रमको तयारी गरेको छ ।
खासगरी अमेरिकामामा रहेका नेपालीभाषी भूटानी समुदायमा सामाजिक सेवा, शैक्षिक सहयोग तथा अन्य साँस्कृतिक विकास र संरक्षणका लागि बहुसाँस्कृतिक कार्याक्रमको तयारी गरेको कार्यक्रम संयोजक पुष्प भण्डारीले बताउनु भयो ।
आगामी ३ तारिखका दिन भूटनिज कमुनिटी अफ मिनेसोटाको बार्षिकोत्सवमा बहुसाँस्कृतिक तथा कोष स्थापना कार्यक्रमको तयारी गरेको कमुनिटीका अध्यक्ष मोहन चौहानले जानकारी दिनु भयो । कार्यक्रममा नेपाली हाँस्यकला क्षेत्रमा स्थापित युवाद्वय हरि निरौला (कक्रोज) र सागर लम्साल (बले)को विशेष प्रस्तुती रहने बताइएको छ । दुई युवा हाँस्य कलाकारले नेपालीभाषीहरुको नजिकिएको दिपावलीलाई थप हर्षोल्लास बनाउने तयारी रहेको बताइएको छ ।

 
कार्यक्रममा संगीतकार तथा गायक किरण गजमेर, गायक दावा लामा, तुल साम्सुहाङ्ग राई, एमडीसी डान्स विजेता मनिता सिंजाली मगर, मोडल तथा नृत्यकार शर्मिला राई, विकु दादा, बाल प्रतिभा निलिमा कोइराला सहित एसेनटर्स व्याण्डको आकार्षक प्रस्तुती रहेने आयोजकले जानकारी दिएको छ ।

समाजलाई सकरात्मक परिवर्तन गर्न र अपठ्यारामा सहयोग गर्ने वातावरण बनाउँन कार्यक्रमले टेवा मिल्ने आयोजको दावी रहेको छ ।
पछिल्लो समय यस्ताखाले साँस्कृतिक कार्यक्रमले नेपाली कला साहित्यको विकाससँगसँगै समाजमा विपद तथा जोखिममा रहेकाहरुलाई सहयोग गर्न समेत टेवा मिलेको भूटनीज कमुनिटीका तथा ग्लोवल पोष्टका संचारकर्मी अर्जुन प्रधानले जानकारी दिनु भयो । यस अघि पनि ग्रोसरी किचेनको आयोजनामा दशैं विषेश भव्य कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here