६ कात्तिक, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का अध्यक्ष प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्र सरकारको क्षेत्राधिकारमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन । नेकपा प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले प्रदेश प्रहरी ऐनमाथि असन्तुष्टि जनाएका हुन् । केहीले विधेयकहरु नबनोस् र सरकार संवैधानिक संकटमा परोस् भन्ने चाहेको उल्लेख गर्दै उनले धेरै मेहनत गरेर मौलिक हकसम्बन्धी विधेयक बनाइएको बताए । प्रचण्डले संघीय प्रहरी ऐन बनाउन केही ढिलो भएको स्वीकार गरे । तर, केही ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, समानुपातिक समावेशीलाई स्थापित गर्ने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ, म मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु’ प्रचण्डले भने ।
ताजा पोष्ट
ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’
@अर्जुन प्रधान
ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते।
कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।
ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान
@अर्जुन प्रधान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया
‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...
भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा
@अर्जुन प्रधान
नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...