६ कात्तिक, काठमाण्डौ । टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोगानले साउदी पत्रकार जमाल खशोग्जीको हत्या योजना पूर्बनियोजित भएको दावी गरेका छन । सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै एर्दोगानले इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र गरिएको खशोग्जीका क्रुर हत्याको आफूसँग बलियो प्रमाण समेत रहेको बताएका छन । खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संकेतहरूको उनले अस्विकार गरेका छन । यो घटनाका सँदिग्धविरुद्ध इस्तानबुलमा मुद्दा चलाउनु पर्ने उनको माग छ । साउदी अरेबीया खशोग्जी हत्या प्रकरणबाट पन्सिन खोजेको आरोप लगाउदै एर्दोगानले साउदीले नै खशोग्जीको शब र ज्यान लिने दिइएको आदेशको जिम्मा लिनुपर्ने बताएका छन । खशोग्जीको अक्टोबर दुई तारिखदेखि इस्तानबुलस्थित साउदी बाणिज्य दुतावासबाट बेपत्ता छन । सुरुवातमा बेपत्ता भनिएका उनको पछिल्ला दिनहरुमा हत्या भएको विवरणहरु सार्वजनिक हुदै आएका छन ।
ताजा पोष्ट
सिक्किमका मुख्यमन्त्रीसँग भेट: ‘मेरो कविता’ फाइनलिस्ट सोनाम पाल्झोरलाई शुभकामना
@अर्जुन प्रधान
सिक्किमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) ले ‘मेरो कविता: द रिदम अफ पोएट्री’ सिजन–१ का फाइनलिस्ट सोनाम...
अमेरिकी कांग्रेसमा भुटानविरुद्ध ऐतिहासिक प्रस्तावः प्रेस बिज्ञाप्ति
@अर्जुन प्रधान
अमेरिकी प्रतिनिधि सभाका दुई प्रभावशाली सांसदहरूले भुटान सरकारद्वारा नेपालीभाषी लोत्साम्पा र शार्चोप समुदायमाथि दशकौंदेखि हुँदै आएका मानवअधिकार...
‘मेरो कविता’ को उत्कृष्ट पाँचको प्रतिस्पर्धा: बिनेश राई बाहिरिए, चार जना फिनालेमा
@अर्जुन प्रधान
नेपाली कविताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री'बाट बिनेश राईबाहिरिएका छन्। झापाको दमकमा आयोजित सत्रौँ शृङ्खलामा उत्कृष्ट पाँच प्रतियोगीहरू बीचको कडा प्रतिस्पर्धा पछि सोनाम पाल्जोर, सेसे थामसुहाङ, टोली प्रसाद राजवंशी र प्रवेक हाङसोङ फिनालेमा प्रवेश गर्न सफल भएका हुन् ।
यस विशेष शृङ्खलामा नेपाली साहित्यका विशिष्ट कवि तथा गीतकार श्रवण मुकारुङ र विश्व भुटानी साहित्यिक संगठन(GBLO) का अध्यक्ष स्रष्टा पातलो अन्तरे विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।कवि मुकारुङले आफ्नो चर्चित कविता ‘भानुभक्त: पहिलो जुनी'वाचन गर्दै नयाँ पुस्तालाई कविताको यात्रा जोखिमपूर्ण तर प्रतिबद्धता र साधनाको अपेक्षा गर्ने क्षेत्र भएको बताउनुभयो ।
यस्तै, स्रष्टा पातलो अन्तरेले आफ्नो अर्धाङ्गिनीको समर्पणमा आधारित भावुक कविता ‘मेरो...











