पत्रकार खशोग्जी हत्या साउदीको सुनियोजित योजनाः टर्किस राष्ट्रपति एर्दोगान

0
633

६ कात्तिक, काठमाण्डौ । टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोगानले साउदी पत्रकार जमाल खशोग्जीको हत्या योजना पूर्बनियोजित भएको दावी गरेका छन । सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै एर्दोगानले इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र गरिएको खशोग्जीका क्रुर हत्याको आफूसँग बलियो प्रमाण समेत रहेको बताएका छन । खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संकेतहरूको उनले अस्विकार गरेका छन । यो घटनाका सँदिग्धविरुद्ध इस्तानबुलमा मुद्दा चलाउनु पर्ने उनको माग छ । साउदी अरेबीया खशोग्जी हत्या प्रकरणबाट पन्सिन खोजेको आरोप लगाउदै एर्दोगानले साउदीले नै खशोग्जीको शब र ज्यान लिने दिइएको आदेशको जिम्मा लिनुपर्ने बताएका छन । खशोग्जीको अक्टोबर दुई तारिखदेखि इस्तानबुलस्थित साउदी बाणिज्य दुतावासबाट बेपत्ता छन । सुरुवातमा बेपत्ता भनिएका उनको पछिल्ला दिनहरुमा हत्या भएको विवरणहरु सार्वजनिक हुदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here