नेकपा बैठक लम्बियो, नारायणकाजिको राजिनामा पनि अस्वीकृत

0
650

५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक बुधबारसम्म लम्बिएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आइतबारदेखि बसेको बैठकको दोस्रो दिन नारायणकाजी श्रेष्ठले गत साउन ७ मा प्रवक्ता पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । डा.गोविन्द केसीको अनसन प्रकरण र त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले गरेका कतिपय निर्णयमा सहमति जनाउँदै श्रेष्ठले राजीनामा दिएका थिए । यस्तै बैठकले बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बिषयमा पनि गम्भिर छलफल तथा समिक्षा गरेको छ ।नेताहरुका असन्तुष्टि र नीतिगत रुपमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिएर आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता अध्यक्षद्धयले व्यक्त गरेका छन । बैठकमा सरकारको समिक्षा र पार्टीको तल्ला कमिटी गठनको बिषय नटुंगिएकाले बुधबार पुन बस्ने गरी स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here