४ कात्तिक,काठमाण्डौ । दुर्गाको मूर्ति विर्सजनका बिषयको विवादले उग्ररुप लिएपछि कपिलबस्तुको कृष्णनगरमा आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । कृष्णनगर बजारभित्र नवरात्रभर पूजा गरिएका मूर्तिलाई विसर्जन गर्न लैजाने क्रममा शनिबारदेखि सुरु भएको विवादले आइतबार उग्र रुप लिएपछि साँझ ५ बजेदेखि अनिश्चिकालीन कर्फ्यू जारी गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्रको बजार कृष्णनगर क्षेत्रमा दक्षिणतर्फ नेपाल–भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाइएको छ । कर्फ्यूको समयमा कसैलाई पनि घर बाहिर निस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न रोक लगाइएको छ ।
ताजा पोष्ट
ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’
@अर्जुन प्रधान
ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते।
कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।
ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान
@अर्जुन प्रधान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया
‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...
भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा
@अर्जुन प्रधान
नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...