४ कात्तिक,काठमाण्डौ । दुर्गाको मूर्ति विर्सजनका बिषयको विवादले उग्ररुप लिएपछि कपिलबस्तुको कृष्णनगरमा आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । कृष्णनगर बजारभित्र नवरात्रभर पूजा गरिएका मूर्तिलाई विसर्जन गर्न लैजाने क्रममा शनिबारदेखि सुरु भएको विवादले आइतबार उग्र रुप लिएपछि साँझ ५ बजेदेखि अनिश्चिकालीन कर्फ्यू जारी गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्रको बजार कृष्णनगर क्षेत्रमा दक्षिणतर्फ नेपाल–भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाइएको छ । कर्फ्यूको समयमा कसैलाई पनि घर बाहिर निस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न रोक लगाइएको छ ।
ताजा पोष्ट
भग्नावशेष मन्दिर र मौन हिन्दुहरू
हामी आफ्नो जरा आफैं काट्दैछौँ कि?
नेपालको भूटानी शरणार्थी शिविरभित्र एउटा मन्दिर छ।
कुनै समय आरतीले गुन्जिने, शंखध्वनीले बिहान जगाउने, टीकाको रातोपनले...
सिनसिनाटीमा पत्रकार देवेन्द्र भट्टराईलाई विशेष सम्मान
जुन २८, २०२६ | अर्जुन प्रधान, अमेरिका । भुटानी शरणार्थी, मानव अधिकार तथा राजनीतिक बन्दीहरूको विषयमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर कलम...
रवि लामिछानेलाई बधाईसहित भूटानी शरणार्थी समस्यामा ध्यानाकर्षण
जुन २८, २०२६ | अर्जुन प्रधान, अमेरिका भूटान पिपल्स पार्टी (निर्वासन कार्यालय) का अध्यक्ष बलराम पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टी...










