४ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको बहुप्रतिक्षित बनेको सचिवालय बैठकले सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ । मानन्धरको राजीनामा स्वीकृत भएसँगै वामदेव गौतमको काठमाडौं ७ बाट चुनाव लड्ने बाटो पनि बन्द भएको छ । ‘रामवीरको पत्रबारे निर्णय गर्नु नपर्ने निश्कर्ष निकालेको छ, बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अब पार्टी उपचुनावमा नजाने र वामदेवजीलाई चुनाव नलडाउने निश्कर्ष निकालिएको छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी एकीकरण प्रक्रियालाई चाँडो टुंगो लगाउने, नेतृत्वको वीचमा आशंका हटाउने तथा सुदृढ एकता कायम गर्ने र सरकारलाई सफल बनाउन एक भएर लाग्ने निश्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
ताजा पोष्ट
ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’
@अर्जुन प्रधान
ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते।
कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।
ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान
@अर्जुन प्रधान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया
‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...
भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा
@अर्जुन प्रधान
नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...