तत्काललाई नयाँ कर्मचारी भर्ना प्रकिया स्थगित

0
634

२८ असोज, काठमाण्डौ । सरकारले तत्कालका लागि नयाँ कर्मचारी भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद बैठकले मंसिरसम्म नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको हो । यसका लागि लोकसेवा आयोगलाई २ महिनासम्म कर्मचारी भर्नासम्बन्धी दरखास्त आह्वान नगर्न आग्रह गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । लोकसेवा आयोगले चालू आर्थिक वर्ष २०७५/७६ का लागि निर्धारण गरेको वार्षिक कार्यतालिकामा असोजको अन्तिम बुधवार (असोज ३१ गते) सहसचिव र उपसचिव पदका लागि विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले कर्मचारी भर्ना रोक्ने निर्णय गरेपछि आयोगको कार्यक्रम प्रभावित हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here