पूर्बमन्त्री चक्र बास्तोलाको निधन

0
698

२७ असोज, काठमाडौं । ६ बर्षदेखि अचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्ब परराष्ट्र मन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार निधन भएको छ । बास्तोलाको शनिबार राति खुमलटारस्थित निवासमै निधन भएको हो । परिवारिक स्रोतका अनुसार बस्तोलाको ९:२० मा निधन भएको हो । उनका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेको र भोलि आइपुग्ने पारिवारिक स्रोतले बताएको छ । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो । भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । ०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here