बडादशैंको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा हुँदै

0
809

२५ असोज, काठमाडौं । आज बडा दशैंको दोस्रो दिन, नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरिदैछ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here