शंक व्याण्ड र फेन्स क्लव विआसी भूटानको बार्षिकोत्सव सम्पन्न

भूटानी समूदायले साँगीतिक क्षेत्रमा विश्वमा नाम उच्च राख्दै

0
1213

भूटानी समूदायले साँगीतिक क्षेत्रमा विश्वमा नाम उच्च राख्दै

 
२४ असोज २०७५/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज संक व्याण्ड र फेन्स क्लवले आफ्नो बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
खेल क्षेत्रमा विगत ९ बर्ष देखि कार्यरत फेन्स क्लव विआरसी र साँगितिक क्षेत्रमा कार्यरत संक व्याण्डले दोस्रो बार्षिकोत्वस मनाएको हो । फेन्स क्लवका अध्यक्ष पूर्व शिविर सचीव युवराज साङ्पाङ राईको सभापतित्वमा भएको कार्यक्रममा व्याण्डले उत्पादनका गरेका आफ्ना र अन्य गीत, नृत्य र नाटक समेत प्रस्तुत गरेको छ । नेपालका लोक गायन क्षेत्रका प्रसिद्ध गायक एलपी जोशीको प्रमुख आथित्यमा भएको कार्यक्रम अग्रज गायक तथा संगीतकार शिवशंकर थापाले भूटानी शरणार्थीहरको प्रतिभाले विश्व भर नेपाली सांगीतिक क्षेत्रको विकासमा विषेश योगदान दिँदै आएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि लोक गायक जोशीले संसारभर रहेका भूटानी शरणार्थीहरुले पछिल्लो समय साहित्यिक तथा सांगीतिक क्षेत्रका उल्लेख्य कार्य गर्दै आएको बताउनु भयो । व्याण्डका प्रमुख सुमन दिङ्माली राईले संचालन गर्नु भएको कार्यक्रममा साहित्यकार धनकुटे कान्छाले भूटानी शरणार्थीहरुको साहित्य तथा सांगितीक विकासले नेपालमा मात्र नभएर विश्वमा नेपालको शिर उच्च राख्न सहयोग पुगेको बताउनु भयो । कार्यक्रममा भूटानी शरणार्थी भित्र रहेका जाति मध्ये पञ्चमान भुण्डे गुरुङ्गले लेख्नु भएको गुरुङ्ग जातिको पहिचान भाग २ नामक पुस्तक प्रमुख अतिथि जोशी र तमु छोंधी भूटानका अध्यक्ष राजमान गुरुङ्गले विमोचन गर्नु भएको छ ।
व्याण्डले साकेला नृत्य, मारुनी नृत्य, फेन्स क्लवबारे गीत, नृत्य र भूटानबाट लखेटिएर शरणार्थी शिविरमा वस्दा र तेस्रो मुलुक पुनर्वासबारे नाटक प्रस्तुत गरिएको छ । कार्यक्रममा बेलडाँगी शिविर सचीव टिकाराम रसाईलीले शरणार्थी शिविरमा जनसंख्या घटे पनि प्रतिभाहरुको विकासमा सवैले सहयोग गर्र्दै आएको बताउनु भयो । कार्यक्रमलाई गोपी लुङगेली मगर पूर्व व्याण्डका सदस्यले नगद रु २५ हजार, जोस सिमल १०, शिविर व्यवस्थापन समिति, अपाङ्ग संघ लगायतको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा अशक्तको सहयोगका लागि डोनेसन बक्समा कार्यक्रममा ६ हजार ५२ रुपयाँ सहयोग संकलन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here