विश्व टी-ट्वान्टी छनौटः नेपाल समूह बीको च्याम्पियन

0
608

२७ असोज, काठमाण्डौ । नेपाल आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ’बी’ च्याम्पियन बनेको छ। मलेसियामा शुक्रबार सम्पन्न छनोटको अन्तिम खेलमा सिंगापुरसँगको खेल बर्षाले रद्द भएपछि नेपाल रन रेटका आधारमा विजेता बनेको हो। सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको नेपाल खेलिरहँदा वर्षाका कारण खेल हुन नसकेपछि दुबै टोलीले अंक बाडेका थिए। नेपाल र सिंगापुरले एक एक अंक पाएसँगै छनोटमा दबैले ६ खेलबाट समान ११–११ अंक भएपनि नेपाल नेट रनरेटको आधारमा विजेता बनेको हो। छनोटबाट नेपालसँगै उपविजेता सिंगापुर र तेस्रो स्थानमा रहेको मलेसिया दोस्रो चरणमा प्रवेश गरेका छन्। दोस्रो चरणमा यी तीन टोलीसँगै यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट छनोट भएका यूएई, कतार र कुवेत गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुने ब्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here