२४ असोज, काठमाडौं । टि–ट्वान्टी विश्व कप छनोट अन्तरगत नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लगातार पाचौं जित हात पार्ने क्रममा नेपालले चीनमाथि सहज तथा सानदार जित हारेको छ । चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गरेको हो । नेपालका लागि ओपनर विनोद भण्डारीले ८ बलमा २४ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, प्रदीप ऐरी ४ रनमा अविजित रहे । यसअघि मलेसियाको मायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीन नेपालसामु निरिह बन्यो । चीनले १३ ओभरमा २६ रनमा सिमित बनेको थियो । चीनका ३ जना खेलाडीले मात्रै रन बनाए । ७ जना खेलाडी शुन्य रनमै आउट भए । चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए ।
ताजा पोष्ट
नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ
काठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन्...
बेलडाँगीमा ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न
दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव
अर्जुन प्रधान
भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका...
“It’s About People”: Justin Douglas on ICE Deportations, Democratic Courage, and the Fight for...
Justin Douglas is a Dauphin County Commissioner and Democratic congressional candidate running in Pennsylvania’s 10th District against Republican incumbent Scott Perry. Elected...












