त्रिवेणीमा तीन जिल्लाका क्लवबीच फुटवल शुरु

पहिलो खेलमा आयोजक र युनिक विजयी

0
1089

पहिलो खेलमा आयोजक र  युनिक विजयी
२१ अशोज २०७५
दमक/दमकको उत्तरी क्षेत्र तीन जिल्लाको सिमानामा रहेको अन्धराजा अवलोकन प्रवेश खेल मैदानमा आज देखि दशैं विशेष क्लव स्तरीय फुटवल टुर्नामेन्ट शुरु भएको छ । ३ वटै जिल्लाका १२ वटा क्लवबीच शुरु भएको प्रतिस्पर्धाको पहिलो खेलमा सिमलटार फुटवल क्लव इलामलाई १ गोलको विरुद्ध ३ गोल गर्दै आयोजक दुम्से युवा संस्था दमकले विजय हात पारेको छ । यस्तै पहिलो चरणको दोस्रो खेलमा मधुमल्ला फुटवल क्लव मोरङ्गलाई २ गोलको विरुद्ध ३ गोल गरी युनिक फुटवल क्लव इलामले विजय प्राप्त गरेको छ ।


खेलको उद्घाटन कार्यक्रममा बोल्दै दमक नगर खेलकुद समितिका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि केन्द्र प्रसार्इंले ग्रामिण क्षेत्रका खेल क्लवहरुलाई खेलमा सक्दो विकास गर्ने बताउनु भयो । खेल विकासका लागि हल भित्र खेल्न सकिने खेलका लागि समितिले दमकमा १२ कठ्ठा जमिनमा खेलकुद हल निर्माणको तयारी समेत गरिएको बताउनु भयो । आयोजक संस्थाका अध्यक्ष राजकुमार लिम्बुको सभापतित्वमा भएको खेलमा स्थानीय राजनैतिक, सामाजिक र शैक्षिक अगुवाहरुले ग्रामीण स्तरको खेलमा सवैले सहयोग गर्नु पर्ने बताउनु भयो । खेलमा पहिलो र दोस्रो हुने टिमलाई क्रमश नगद २५ हजार र १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सचीव जिवन लामाले जानकारी दिनु भयो ।
भोलि गोलाटा दमक र आइताबारे मोरङ्ग तथा फेन्स क्लव भूटान र सालबारी एकता क्लव मोरङ्गबीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here