टी-२० विश्वकप छनौटः नेपालको अपराजित यात्रा कायमै, मलेसिया ८ विकेटले पराजित

0
558

२० असोज, काठमाण्डौ । नेपालले टी-२० विश्वकप छनौटमा अपराजित यात्रा कायमै राखेको छ । एसिया क्षेत्र बीको छनोटमा लगातार दोस्रो जित हात  पार्ने क्रममा नेपालले आयोजक मलेसियालार्इ ८ विकेटले पराजित गर्यो । मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले १२.४ ओभरमा पूरा गरेको थियो । कप्तान पारस खड्काले ५२ रनको अर्धशतकीय पारी खेल्दै नेपाललार्इ सहज जित दिलाएका थिए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्लले २७ तथा विनोद भण्डारीले १२ रन जोडे। अनिलकुमार साह १ रनमै पवेलियन फर्किएका थिए।  त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय रनमात्रै बनाएको थियो। मलेसियाली इनिङ सस्तैमा समेट्न सन्दीप लामिछानेले पाँच विकेट लिए । यस्तै सोमपाल कामीले तीन तथा पारस खड्काले १ विकेट लिए।  यसअघि भएको पहिलो खेलमा नेपालले म्यानमारलार्इ पनि त्यही अन्तरले पराजित गरेको थियो। छनोटमा नेपालले अब भूटान, सिङ्गापुर, चीन र थाइल्याण्डसँग प्रतिस्पर्धा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here