मलेसियाबाट आयो यस्तो दुःखद खबरः युवक उद्धारकर्ता ६ जनाको डुबेर मृत्यु

0
1232
तस्बिरःबीबीसी

१८ असोज,  काठमाण्डौ । मलेशियामा एक खानीभित्रको पोखरीमा हराएका एक युवकको उद्धारमा गएका ६ जना उद्धारकर्ताको डुबेर मृत्यु भएको छ। बुधवार दिउँसो सेलाङ्गोर प्रान्तको सेपाङमा साथीहरूसँग माछा मार्न गएका १७ वर्षीय युवक पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीहरू परिचालित थिए। उद्धारकर्मीहरू पोखरीभित्र एउटा भुमरीमा फसेका र अकस्मात् शक्तिशाली जलप्रवाहले उनीहरूका उपकरणलाई छुट्टाइदिएको थियो। हराएका किशोरको खोजी अभियान बिहीवार फेरि थालिने बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here