बर्तमान सरकारले नै अर्को चुनाव गराउँछ, माधव नेपाललाई पूरानो गितको याद आएछ क्यारेः प्रधानमन्त्री ओली (भिडियोसहित)

0
818

१८ असोज,  काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार नै पाँच वर्ष चल्ने र निर्वाचन गराउने दाबी गरेका छन । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर झण्डै १५ दिनपछि बिहीवार स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। ओलीको यो अभिब्यक्तिलाई केही साताअघि भारत भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति बाँडफाँटमा सहमति भएको भनी दिएको अभिव्यक्तिको जवाफको रुपमा समेत लिइएको छ ।

केही दिनयता तत्कालीन एमाले पक्षबाटै सरकारको नेतृत्वमा आलोपालोबारे कुरा उठाइएपछि बर्तमान सरकारको भविष्यबारे चर्चा चुलिरहँदा ओलीको यस्तो अभिव्यक्ती बाहिरिएको हो। कतिपयले चुनावी तालमेल र पार्टी एकतादेखि नै शङ्का व्यक्त गर्ने गरेका र पछि उनीहरू नै गतल प्रमाणित भएका उनको दाबी थियो। यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराउँछ र अझ बलियो भएर आउँछ,” उनले भने।

माधव नेपाललाई पूरानो गित याद आएछ

ओलीले नेता माधव कुमार नेपालले संसदमा गरेको भाषणलाई आफूले सामान्य रुपमा लिएको बताएका छन् ।

कवि मन भएको मान्छेले लयात्मक ढंगमा गीत सम्झनु भएछ त्यसलाई समातेर अघि बढ्नु पर्ने केही छैन’ ओलीले भने,‘कवितात्मक ढंगमा पुरानो गीत भन्नु भएको हो ।’ ‘माधव नेपालसँग २९ वर्षदेखि मेरो घनिष्ठता छ’ प्रधानमन्त्री ओलीले भने,‘सँगै काम गरेको अनुभव छ, चिन्ता नलिनुस ढुक्क हुनुस् ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here