१७ असोज, काठमाण्डौ । बुधबारदेखि मलेसियामा सुरु भएको आइसीसी विश्व टी–२० क्रिकेटमा नेपालले बिजयी सुरुवात गरेको छ । म्यानमारले दिएको ३० रनको झिनो लक्ष्य नेपालले २ विकेटको क्षतिमा ३ ओभरमा भेट्टाउँदै सानदार जित निकालेको छ । नेपालका करण केसीले नटआउट १४ रन र विनोद भण्डारीले नटआउट १ रन जोडे। करणले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे। विनोदले ३ बल मात्र खेले। ओपनिङमा आएका प्रदीप ऐरी दोस्रो बलमा शून्यमा आउट भएका थिए। त्यसपछि मैदान आएका अनिलकुमार साह दोस्रो ओभरको पहिलो बलमा ११ रन बनाएर आउट भए। उनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रनमा अलआउट भयो।म्यानमारको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। उनले २ ओभरमा ३ रन मात्र खर्चिए। यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिन सफल भए। उनले ३ ओभरमा २ मेडन राख्दा ३ रन खर्चिए। यस्तै ललित भण्डारी र करण केसीले १–१ विकेट लिए। म्यानमारका ६ ब्याट्सम्यान शून्य रनमा अलआउट भएका थिए। छनोटमा नेपालले भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्ड र आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धामा शीर्ष ३ टोली दोस्रो चरण प्रवेश गर्नेछन । नेपालले दोस्रो खेल शनिबार मलेसियासँग खेल्नेछ।
ताजा पोष्ट
नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ
काठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन्...
बेलडाँगीमा ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न
दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव
अर्जुन प्रधान
भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका...
“It’s About People”: Justin Douglas on ICE Deportations, Democratic Courage, and the Fight for...
Justin Douglas is a Dauphin County Commissioner and Democratic congressional candidate running in Pennsylvania’s 10th District against Republican incumbent Scott Perry. Elected...












