हेलिकप्टर चढेर जेलबाटै भागेका फ्रान्सेली अपराधी पक्राउ

0
617
तस्बिरःबीबीसी

१७ असोज, काठमाण्डौ । हेलिकप्टर चढेर फ्रान्सको एउटा जेलबाट भागेको चार महिनापछि कुख्यात अपराधी रिदुअन फइद पुनः पक्राउ परेका छन । फ्रान्समा सर्वाधिक खोजी सूचिमा रहेका  फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । ४६ वर्षीय फइद गुन्डाहरूबारे बनाइएका चलचित्रबाट प्रेरित भइ डकैतिमा लागेको बताउँदै अाएका छन ।

तस्बिरःबीबीसी

सशस्त्र डकैतीको आरोपमा उनलाई सन् १९९८ मा पहिलो चोटि पक्राउ गरिएको थियो। जुलाई १ मा उनी दोस्रो पटक जेलबाट भागेका थिए । दक्षिणपूर्वी प्यारिसस्थित कारागारको आगन्तुक कक्षमा छिरेका तीन सशस्त्र व्यक्तिहरूले उनलाई गत जुलाइ एकमा हेलिकप्टरमा राखेर भगाएका थिए। त्यसका लागि उनीहरूले बन्धक बनाइएका एक उडान प्रशिक्षकलाई बलपूर्वक हेलिकप्टर चलाउन लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here