१७ असोज, काठमाडौं । साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकारीको निलम्बन फुकुवा भएको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । उच्च अदालत विराटनगरले अघिल्लो साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि गृह मन्त्रालयले कारबाही फुकुवा गरेको हो । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धन महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए । डिएसपी केसीको कारबाही फुकुवाबारे भने कुनै पनि निर्णय भएको छैन ।
ताजा पोष्ट
दक्षिण एसियामा तनाव चुलिँदै: सुरज बुडाथोकीको अमेरिकी संसदमा हस्तक्षेपको आह्वान
अर्जुन प्रधान,
भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिरहेको बेला, न्यु ह्याम्पशायर राज्यका राज्य प्रतिनिधि सुरज बुडाथोकीले...
एल.एस.बी.को साहित्यिक यात्रा: चौथो वार्षिकोत्सव र प्रतिभा साँझले ल्यायो नयाँ उत्साह
अर्जुन प्रधान – “देशसँग साहित्य” भन्ने अभियानका साथ अघि बढ्दै आएको द लिटरेरी सोसाइटी अफ भुटान (एल.एस.बी.) ले झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आफ्नो चौथो वार्षिक...
मेरो भ्वाइस र डान्स युनिभर्स सिजन-२का प्रतिभालाई राष्ट्रपति पौडेलको शीतल निवासमा स्वागत
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभरबाट नेपाल आइपुगेका मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा कार्यक्रमको आयोजना...