१७ असोज, काठमाडौं । साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकारीको निलम्बन फुकुवा भएको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । उच्च अदालत विराटनगरले अघिल्लो साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि गृह मन्त्रालयले कारबाही फुकुवा गरेको हो । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धन महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए । डिएसपी केसीको कारबाही फुकुवाबारे भने कुनै पनि निर्णय भएको छैन ।
ताजा पोष्ट
नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ
काठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन्...
बेलडाँगीमा ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न
दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव
अर्जुन प्रधान
भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका...
“It’s About People”: Justin Douglas on ICE Deportations, Democratic Courage, and the Fight for...
Justin Douglas is a Dauphin County Commissioner and Democratic congressional candidate running in Pennsylvania’s 10th District against Republican incumbent Scott Perry. Elected...












