शरणार्थीहरुबाट यूएनएचसीआरका प्रमुखको विदाई तथा सम्मान

जहाँ रहे पनि भूटानी शरणार्थीलाई नविसर्नेः पेलासी

0
1236

जहाँ रहे पनि भूटानी शरणार्थीलाई नविसर्नेः पेलासी

 
९ असोज २०७५

दमक/भूटानी शरणार्थीलाई लामो समय देखि रेखदेख गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखाका प्रमुख आन्ना पेलासीको आज एक कार्यक्रमबीच विदाई तथा सम्मान गरिएको छ । भूटानी शरणार्थी शिविरमा लामो समय शरणार्थीहरुसँग उच्च सम्मानका र सहयोगका साथ काम गरेको भन्दै भूटानी शरणार्थीहरुले पेलासीलाई सम्मान गर्दै विदाई गरेका छन् ।

विगत २ बर्ष देखि काम गर्दै आउनु भएका पेलासी अव बंगाला देशमा काम गर्ने गरी सरुवा गरिएको यूएनएचसीआरले जानकारी दिएको छ । पेलोसीले विदाई कार्यक्रममा आफूलाई भूटानी शरणार्थीहरुले धेरै माया र सद्भावपुर्ण तवरले सहयोग गरेको बताउनु भयो । भावुक हुँदै पेलासीले आफू जहाँ रहे पनि भूटानी शरणार्थीलाई नविसर्ने र उनीहरुको मुद्धामा सक्दो सहयोग गर्ने बताउनु भयो ।


पेलोसीको स्थानमा आजै भूटानी शरणार्थी शिविर व्यवस्थापनले दमक शाखाका नयाँ अफिसर खालिद हान्सालाई स्वागत गरेको छ । कार्यक्रममा भूटानी शरणार्थी शिविरका पूर्व सचीवहरु, शिविरका अगुवा, महिला, बाल केन्द्र लगायत जिम्मेवार पदाधिकारीले फुलको माला र सम्मान पत्रले विदाई गरेको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here