मिनोसिटामा हुने कार्यक्रमका लागि नेपालका चर्चित कलाकारहरुको स्वागत गरिदैं

कार्यक्रमबाट संकलित रकम भूटानी शरणार्थीको शिक्षामा खर्च गरिने

0
1374

कार्यक्रमबाट संकलित रकम भूटानी शरणार्थीको शिक्षामा खर्च गरिने

असोज २०७५/डिकेश लामा
अमेरिका/चाड पर्व नजिकिएसँगै तेस्रो मुलुकमा रहेका नेपाली भाषी भूटानी समूदायले साँगीतिक कार्यक्रमको थालनी गरेका छन् । यही २२ तारिखमा अमेरिकाको मिनोसिटामा हुने भनिएको कार्यक्रमको तयारी अन्तिम पुगेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमका लागि देश विदेशबाट कलाकारहरु आउने र उनीहरुलाई स्वागत गर्ने कार्यक्रम भईरहेको कार्यक्रम आयोजक समितिका सदस्य ग्लोबलपोष्ट अनलाईन समाचारका व्यवस्थापक अर्जुन प्रधानले जानकारी दिनु भयो । अमेरिकाको मिनेसोटा स्यानपलमा पहिलो पटक भोलि सेम्टेम्बर २२ तारिखमा दशैं तिहार धमाका कार्यक्रमको तयारी थालिएको छ । ग्रोसरी एण्ड नेपाली किचेनको प्रस्तुतीमा नेपाली कलाकारिताको क्षेत्रमा ख्याती प्राप्त सत्य स्वरुप आचार्यको जोडी, विल्सन विक्रम राई ९तक्मे बूढा, बर्षा बेष्ट परफमेन्स उपाधी प्राप्त प्रतिभा भूटानी गायक रमेश कँडेल लगायतको विशेष प्रस्तुती रहने कार्यक्रम आयोजक सदस्य प्रधानले बताउनु भयो । प्रधानका अनुसार ६५ बर्ष माथिका जेष्ठ नागरिक र अशक्त, अपाङ्गहरुलाई निशुल्क प्रवेश दिइने बताइएको छ । कार्यक्रममा चाड पर्व मनोरञ्जन वापत लिइने न्यूनतम् शुल्कको जम्मा रकम कलाकार र कार्यक्रम व्यवस्थापन खर्च गरेर रहेको रकम शिविरमा अध्ययनरत विधार्थीलाई क्यारिटस मार्फत सहयोग गरिने योजना बनाइएको मुल आयोजक ग्रोसरी एण्ड नेपाली किचेनका प्रोपाईटर भूटानी समूदायका अगुवा तिलक पकुवालले बताउनु भयो । पकवालका अनुसार नेपाली कलाकारिताको विकासका लागि सन् २०११ मा नेपाली तथा भूटनीज समुदायका ५० जना साहित्यकार, लेखक, कलाकार, गायकलाई सामूहिक सम्मान गरिएको थियो ।

Tilak Pakwal, Chief organizer

तेस्रो मुलुकमा रहेका नेपाली भाषीहरुले आफ्नो भाषा, धर्म, संस्कार सँस्कृति र कलाको संरक्षण तथा विकास गर्न यस्तो कार्याक्रम गरेकोले सवै नेपाली भाषीहरुलाई कार्याक्रममा सहभागी हुन आग्रह समेत गरिएको छ ।
यसैबीच कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको बताइएको छ । कार्यक्रमका लागि गायकद्वय सत्य स्वरुप आचार्य मिनोसिटा पुगिसकेको आयोजक समितिका सदस्य अर्जुन प्रधानले बताउनु भयो । सत्य र स्वरुपले गएको ३ महिना यता मात्र अमेरिकाका १५ वटा स्टेटमा २५ वटा कार्याक्रममा सहभागी भई नेपाली भाषाका गीत तथा फिल्म प्रदर्शन गरीसकेको गायक तथा कलाकार सत्य आचार्यले बताउनु भयो । आचार्यका अनुसार नेपाली भाषी भूटानी समूदाय तेस्रो मुलुकमा पुनर्वास पछि नेपाली कलाकारिताको विकास विश्वमा फैंलदै गएको बताउनु भयो । स्टेज कार्यक्रम सहित गायक दाजभाइ आचार्यको मुख्य भूमिका प्रोडक्सन रहेको साढे सात नामक नेपाली चलचित्र समेत प्रस्तुत गरिने बताइएको छ ।

Welcome to Minocita, Nepali famous artists Acharya brothers.

अमेरिका दशैं तिहारको अवसरमा अझै १० स्थानमा कार्यक्रम हुने समेत बताइएको छ । यस पछि आचार्य दाजुभाइको यात्रा क्यानाडाको कार्यक्रमको लागि निश्चित भएको समेत आचर्यले बताउनु भयो । हाँस्य कलाकार विल्सन विक्रम राई र अन्य कलाकारको पनि आगमन भईसकेको आयोजकले जानकारी दिएको छ ।

Wilsan Bikram Rai in Minocita

होम हेल्थ केयर शिफा, भिजन हेल्थ केयर, भ्यू लिगल एलएलसी, ग्लोबलपोष्ट अनलाइन खवर, भिजन हेल्थ केयर, होराइजन सर्भिस लगायतको प्रायोजनमा कार्यक्रम हुने बताइएको छ । कार्यक्रमलाई याद शंकर तिलक पकवाल सहित सामाजिक अगुवाहरुले सहजिकरण गर्दै आइएको छ । कार्यक्रममा नेपाली भाषी भूटानीहरुको स्थापना गरेको एसेन्टर व्याण्डले स्वागत गर्ने तयारी थालिएको छ । व्याण्डले तेस्रो मुलुकमा व्याण्ड स्थापना पछि पहिलो पटक एल्बमको तयारी समेत थालेको बताइएको छ । कार्यक्रम संचालनका लागि टिकट विक्री समेत अगाडि बढाइ सकिएको छ । कार्यक्रममा धेरैवटा सिटीबाट अतिथि तथा दर्शकहरु आउने कार्यक्रम समेत तय गरिएको आयोजकले जानकारी दिएको छ ।
सन् २००८ देखि अमेरिकामा पूनर्वास भएका नेपाली भाषी भूटानी तथा प्रवासी नेपाली समुदायले नेपाली कला, सँस्कृतिको संरक्षण र विकासमा एकबद्ध भई काम गर्न थालेको प्रवास क्षेत्रमा कार्यक्रममा सहभागी हुने नेपाली कलाकारहरुले बताउँदै आएको छन् । पछिल्लो समय नेपाली कलाकारको आवात जावत समेत बढेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here