२ असोज, काठमाण्डौ । नेपालमा रहेका भुटानी शरणार्थीको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको दातृ संस्था कारितास नेपालको सहयोगार्थ अमेरिकामा भब्य सांगितिक कार्यक्रमको आयोजना गरिने भएको छ । तेस्रो देश पुनर्बासका क्रममा अमेरिकामा रहेका भुटानी शरणार्थीहरुको समेत संलग्नतामा हुन लागेको कार्यक्रम Groceries and Nepali Kitchen र Globlepostinfo.us ले संयुक्त रुपमा आयोजना गरका हुन । यही आउँदो शनिबार सेप्टेम्बर २२ मा साझ ८ बजे मिनिसोटास्थित Washington Technology Magnet School मा हुने कार्यक्रमा ख्यातिप्राप्त गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यका प्रस्तुतिहरु रहनेछन । यसअलवा हास्यकलाकार विल्सन बिक्रम राई (तोक्मे बुढा) लगायतका कलाकारले हसाएर मनोरञ्जन दिनेछन । प्रवेश शुल्क १५ डल्लर राखिएको उक्त कार्यक्रममा अपाङ्ता भएकाहरु, ६५ बर्षमाथिका ज्येष्ठ नागरिक र १० बर्ष मुनिका बालवालिकालाई शुल्क नलिइने आयोजकले जानकारी दिएको छ ।
ताजा पोष्ट
दक्षिण एसियामा तनाव चुलिँदै: सुरज बुडाथोकीको अमेरिकी संसदमा हस्तक्षेपको आह्वान
अर्जुन प्रधान,
भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिरहेको बेला, न्यु ह्याम्पशायर राज्यका राज्य प्रतिनिधि सुरज बुडाथोकीले...
एल.एस.बी.को साहित्यिक यात्रा: चौथो वार्षिकोत्सव र प्रतिभा साँझले ल्यायो नयाँ उत्साह
अर्जुन प्रधान – “देशसँग साहित्य” भन्ने अभियानका साथ अघि बढ्दै आएको द लिटरेरी सोसाइटी अफ भुटान (एल.एस.बी.) ले झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आफ्नो चौथो वार्षिक...
मेरो भ्वाइस र डान्स युनिभर्स सिजन-२का प्रतिभालाई राष्ट्रपति पौडेलको शीतल निवासमा स्वागत
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभरबाट नेपाल आइपुगेका मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा कार्यक्रमको आयोजना...