उत्कृष्ट विधालयमा आदर्श मावि प्रथम
३० भदा २०७५/डिकेश लामा
दमक/ झापा जिल्लामा यस बर्षको उत्कृष्ट श्रेणीका विधालय तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विभिन्न विषयका विधार्थीलाई सम्मान गरिएको छ ।
एसइइ संस्थागत विधालय तर्फ लिटल फलावर्सबाट इशान अग्रवाल, सिदार्थ दमकका उर्जा कोइराला र प्रश्ना विष्ट, माउण्ट एभरेष्ट गौरादहबाट रविता माक्रा, मदरल्याण्ड दमकबाट एलिना अधिकारी, न्यूटन एजुकेशन विर्तामोडबाट अनुनिहारिका प्रसाईंले ३.९ जिपीए ल्याई उत्कृष्ट विधार्थीको ?पमा नगद २ हजार सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यस्तै एसइइ परीक्षामा सामुदायिक विधालय अन्तर्गत प्राविधिक तर्फ उत्कृष्ट विधार्थी दमकको हिमाविका दिपेश तिम्सिना, दृष्टि थापा र बालदिवश तामाङले ३.८८ जिपीए ल्याई जिल्लाकै उत्कृष्ट नम्बर प्राप्त गर्ने विधार्थीको ?पमा नगद २ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । सामुदायिक विधालय साधारण विषय तर्फ लक्ष्मी मावि शनिश्चरेका अंकित कुमार गुप्ता, बुद्ध आदर्श मावि बुधबारेका दिप्सन भण्डारीले क्रमशः ३.८५ र ३.८ जीपीए ल्याई उत्कृष्ट विधार्थीेको ?पमा पुरस्कृत भएका छन् ।
यस्तै विधालय माताहतमा संचालित बाल क्लवमा प्रकृति इको बाल क्लव धुलावारी मावि, इको फ्रेण्डेली बाल क्लव हिमावि दमक, उज्यालो बाल क्लव पञ्चमणी मावि बाह्रदशी र सनराइज बाल क्लव, डिल्लीराज मावि झापा गाऊँ पालिका क्रमश प्रथम, द्वितीय, तृतीय र चौथो स्थानबाट क्रमश ४ हजार, ३ हजार ५ सय, ३ हजार र १ हजार ५ सय नगद सहित प्रमाण पत्रले कार्यक्रमका जिल्ला शिक्षा समिति झापा अध्यक्ष तथा जिल्ला समन्वय समिति झापा प्रमुख कार्यक्रमका प्रमुख अतिथि सोमनाथ पोर्तेलले पुरस्कृत गर्नु भएको छ ।
यसैगरी झापा जिल्लाका उत्कृष्ट विधालयमा मेचीनगर पालिकाका आदर्श मावि प्रथम, दमक नगरपालिकाको हिमावि द्वितीय र विर्तामोडको विर अमरसिंह मावि तृतीय श्रेणीमा छनौट गरी क्रमश ५, ४ र ३ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ । जिल्ला बाल कल्याण समिति अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका शैक्षिक क्षेत्रका विभिन्न संघ संगठनमा अगुवा, शिक्षकह?को पेशागत संगठनका प्रमुख, जिल्लाका प्रमुख व्यक्तित्वह?को उपस्थिति रहेको थियो ।
समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने नाराका साथ बाल दिवशको अवसरमा बाल दिवश विशेष कार्यक्रम गरी जिल्लाको शैक्षिक स्तर र विधालयको प्रगतिका लागि कार्यक्रम गरिएको कार्यक्रमका बक्ताह?ले बताएका छन् । जिल्ला शिक्षा समिति, जिल्ला विकास तथा समन्वय इकाइ, जिल्ला बाल कल्याण समिति झापाको सँयुक्त आयोजनामा भएको कार्यक्रमलाई प्याप्सन झापा र एनप्याप्सन झापाको सहकार्यमा गरिएको कार्यक्रम संचालक मेची नगर शिक्षा शाखाका प्रमुख उपसचीव उद्धव विष्टले जानकारी दिनु भयो । ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवश तथा ३९ औं राष्ट्रिय शिक्षा दिवश र बाल दिवश २०७५ को अवसरमा गरिएको कार्यक्रममा सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सवैको सरोकार भन्ने नारालाई अघि सारिएको छ ।