भूटानी संचारकर्मीलाई आचार संहितामा रहेर काम गर्न आग्रह

संचारकर्मी लामालाई भूटानीको सम्मान

0
1881

संचारकर्मी लामालाई भूटानीको सम्मान

२९ भदौ २०७५
    दमक/पत्रकारिता समाज परिवर्तनको ठूलो अस्त्र भएकोले सत्य तथ्यमा आधारित भएर मात्र कार्य गर्न संचार क्षेत्रमा नव प्रवेशी भूटानी शरणार्थी संचारकर्मीहरुलाई आग्रह गरिएको छ । शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखाकी प्रमुख आन्ना पेलोसीले संचार क्षेत्रको आचार संहिता पूर्ण पालना गरेर कार्य गर्न आग्रह गर्नु भएको हो । भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालन गरिएको एक हप्ते पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिमको समापनमा बोल्दै पेलोसीले समाचार सम्प्रेषणले समाज परिवर्तनमा ठूलो भूमिका भएकोले बुझेर आचार संहिता अनुसार मात्र काम गर्न आग्रह गर्नु भयो ।
   कार्यक्रममा आयोजक भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति सहित तालिममा सहभागीहरुको टोलीले आज संचारकर्मी डिकेश लामालाई सम्मान समेत गरेका छन् । शरणार्थीहरुको पहुँच संचार माध्यममा पुर्याउने उदेश्यले संचालन गरेको १ हप्ते पत्रकारिता र फोटोग्राफी सम्बन्धीको समापन कार्याक्रममा संचारकर्मी लामालाई यूएनएचसीआरकी दमक शाखा प्रमुख पेलासी सहित शरणार्थी अगुवाहरुले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका छन् । कार्यक्रममा शरणार्थी समूदायलाई लामो समय देखि सहयोग गर्दै आउने फेन्स क्लव भूटान र शरणार्थीका लागि प्राथमिक स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको आम्दालाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

   कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले तालिमले स्थानीय र शरणार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनु भयो । यस्तै भूटानी शरणार्थी समन्वय निकाय शिविर सुपरिवेक्षक सुरेन्द्र दाहालले शरणार्थीलाई दिइने जिविको पार्जन अन्तर्गतका तालिममा लेखन तथा आधुनिक डिजिटल प्रविधिको शीप विकासलाई पनि प्राथमिकता दिनु पर्ने बताउनु भयो । कार्यक्रम सहजिकरणमा सहयोग गर्दै आउनु भएका पूर्व सचीव युवराज राईले तालिमबाट शिविरमा भए गरेका विषयलाई लेख्न थप सहयोग पुगेकाले आगामी दिनमा शरणार्थीहरुको विषयले थप स्थान पाउने बताउनु भयो । राईले प्रवास क्षेत्र नेपालबाट शुरु गरेको भूटानी समूदायको पत्रकारिता विश्वमा फैलदै गएकोले तालिमले थप सहयोग पुग्ने समेत बताउनु भयो ।

तालीमले युवा पुस्तामा सकारात्मक बिचार र ऊर्जा ल्याउने कार्यक्रमकाअतिथि सशस्त्र प्रहरी निरीक्षक सुबाश भट्टराई र सिबिर सचिब टीकाराम रसाइलीले बताउनु भयो शिविर व्यवस्थापन समितिको आयोजना तथा तेस्रो मुलुकमा रहेका भूटानीहरुको सहयोगमा भएको कार्यक्रम धेरै नै फलदायी भएको तालिममा सहभागी भूटानी शरणार्थी अपाङग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनु भयो । सहभागीहरुले तालिमबाट संचार र फोटोग्राफी शीपले जिवनमा प्रगति गर्न थप प्रेरणा र ज्ञान प्राप्त भएको बताएका छन् । तालिममा शरणार्थी शिविर र शरणार्थी प्रभावित क्षेत्रका गरी ३२ जनाको सहभागिता रहेको थियो । पछिल्लो समय तेस्रो मुलुकमा रहेर संचालन गरिदैं आएको १ दर्जन हाराहारीका संचार माध्यममा नेपाली भाषी भूटानीहरुले भूटानी शरणार्थीको विटमा पत्रकारिता गर्दै आएका छन् । शिविरमा सम्पन्न गरिएको तालिमलाई अमेरिकाबाट रनसिंह मगर १० हजार, डेविट राई ८ हजार, मन पौडेल ७ हजार, हेम गिरी ५ हजार १५, सारा परियार ५ हजार, र डेनमार्कबाट राम राईले ५ हजार नगद सहयोग गरेको कार्यक्रमको संयोजक तथा फेन्स क्लव भूटानका अध्यक्ष निवर्मान सचीव युवराज साङ्पाङ राईले बताउनु भयो । कार्यक्रमका सभापति तथा पथरी शनिश्चरे शिविरका सचीव चम्पासिंह राईले अव भूटानी समूदायले अझ गहिकिला र महत्व राख्ने कार्यलाई जोड दिँदै जानु पर्ने बताउनु भयो । राईले समाजमा केही गर्न खोज्ने युवा पुस्तालाई शिविर व्यवस्थापनले सकेसम्म सहयोग गर्ने समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here