नेपालमा बाँकी रहेका भूटानी शरणार्थीलाई जिविकोपार्जनमा जोड दिइनेः महासचीव डा. जंग

शरणार्थीको रेखदेखमा निरन्तर ध्यान दिन शरणार्थीहरुको माग

0
1457

शरणार्थीको रेखदेखमा निरन्तर ध्यान दिन शरणार्थीहरुको माग

२९ भदौ २०७५/डिकेश लामा
दमक/नेपालमा बाँकी रहेका भूटानी शरणार्थीहरुको जिवन सुधारका लागि अव जिविकोपार्जन सम्बन्धी कार्याक्रमलाई प्राथमिकता दिइने बताइएको छ । लामो समय देखि भूटानी शरणार्थी रेखदेखमा कार्य गर्दै आएको लुथरन विश्व फेडरेशनका उच्च पदाधिकारी जेनेभाबाट आउनु भएका महासचीव डा. मार्टिन जंगले आज सो कुरा बताउनु भएको हो ।
भूटानी शरणार्थी शिविर बेलडाँगीको अवलोकन गर्दै आज महासचिव डा. जंगले शरणार्थीहरुले चाहाना गरे आफूहरुले अझै पनि धेरै कुरा दिन तयार रहेको बताउनु भयो । शिविरमा महिला मञ्च, बाल मञ्च, अपाङग संघ, शिविर व्यवस्थापन समितिको कार्यालय तथा भर्खरै बनेका नयाँ घरहरुको अवलोकन गर्दै डा. जंगले शिविरमा नेतृत्व गर्ने अगुवाहरुलाई धन्यवाद समेत प्रदान गर्नु भएको छ ।
डा. जंग सहित उच्च पदाधिकारीको टोलीले शरणार्थी शिविरमा बसोबास गर्दै आएका शरणार्थीहरुको गुनासो र समेत सुनेका छन् । शरणार्थीहरुले बन्दै गरेको नयाँ घरमा धेरैलाई उचित व्यवस्थापन हुन नसकेको गुनासो समेत राखेका छन् । कतिपय शरणार्थीहरुले घर निर्माणमा विभेद समेत गरिएको गुनासो राखेका छन् ।

भेटमा शिविर सचीवहरु चम्पासिंह राई, टिकाराम रसाइलीले शरणार्थीले पछिल्लो समय पाउने सुविधा कटौती घर निर्माणका भएका समस्याबारे ध्यान दिन आग्रह समेत गरेका गर्नु भएको छ । शिविर भ्रमणको अवस्थामा बेलडाँगी १ बाट केही समय अघिमात्र स्थान्तरण भएका शरणार्थीहरुलाई बसोवासमा विभेद गरिएको भन्दै गुनासो समेत राखेका छन् । उनीहरुले नयाँ घरमा धेरै परिवारहरु अटाउँन समस्या भएको गुनासो समेत राखेका छन् । पछिल्लो समय बनेका घरमा ३ वटामात्र कोठा भएकोले ठूलो परिवारलाई समस्या भएको बताइएको छ ।

शरणार्थीको समस्या समाधान गर्न माग

यस्तै भूटानीहरुको समस्या दिर्घकालिनमा रुपमा समाधान गर्न माग राख्दै राष्ट्रिय पूनर्मिलन समिति भूटानले ज्ञापन पत्र समेत बुझाएको छ । पत्रमा ससम्मान आफ्नो घर फिर्तीलाई जोड दिन माग गरिएको उल्लेख गरिएको छ । पत्र बुझाउँदै समितिका अध्यक्ष कृष्णविर तामाङले लामो समय देखि शरणार्थी जस्तो कहाली लाग्दो जिवन विताएकोले अव यसलाई तत्काल समाधान गर्न माग समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here